एमालेका रक्षात्मक लाेकप्रिय सिपाही कृष्ण बस्नेत सचिवका उम्मेदवार ,किन दिने उहाँलाई मत?

 पब्लिक संवाददाता      मङ्लबार, माघ २३, २०८०      0

एमालेका रक्षात्मक लाेकप्रिय सिपाही कृष्ण बस्नेत सचिवका उम्मेदवार ,किन दिने उहाँलाई मत?

दाेलखा २३ माघ। नागरिककाे सेवा सर्मपित नाम हाे कृष्ण बस्नेत । १० बर्षिय माओवादी काे सशस्त्र आन्दोलनमा दाेलखाली नागरिकको जीवन रक्षाकाे लागि फलामे खम्बा भएर नागरिक समाज दाेलखाकाे अध्यक्षका रूपमा अहाेरात्र खटिएका रहने बस्नेत माओवादीकाे धम्की र त्रासबाट कहिले बिचल्ली भएन ।नेकपा एमाले काे नेता कार्यकर्ताकाे जीवन रक्षाकाे लागि तत्कालीन माअाेवादीले अपहरण गरि लैजादा ४० औं दिन सम्म खाेजी सकुशल ल्याउने काम मा सदैब लागि रहनु भयाे । नेपाली कांग्रेस ,नेकपा माओवादी लगायतका पार्टीका नेता तथा कार्यकर्ताले झुटा मुद्दा लगाई नेकपा एमालेका नेता कार्यकर्तालाई फसाउन खाेज्दा निशुल्क तथा उल्टाे अाफैले आर्थिक सहयोग गरि मुद्दा जिताई सेवा गरेका ज्वालन्त उदाहरण धेरै रहेका छन । २०४४ साल देखि नेपाल कम्युनिष्ट पार्टीकाे सदस्य भई निरन्तर पार्टीमा काम गर्दै संगठनलाई मजबुत बनाउन अहाेरात्र खट्ने कृष्ण बस्नेत नेकपा एमाले दाेलखाकाे १० औं अधिवेशनमा सचिव पदमा उम्मेदवार दिनुभएकाे छ  ।२०४७ देखि २०५१ सदस्य,दोलखा काठमाडौं सम्पर्क मञ्च सहसचिव भई काम गर्नुभयाे ।नेकपा एमालेको जिल्ला कमिटी सदस्य पटकपटक हुनुभयो ।

१३ बर्ष गाैरिशंकर बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखकाे जिम्मेवारी सम्हालदा उत्कृष्ट शिक्षण संस्थामा स्थापित गर्नु भयाे ।नेपाल बारएशाेसियसन दाेलखाकाे अध्यक्ष पटकपटक हुदा संस्थाकाे अाफ्नै भवन निर्माण गरि देशकै उत्कृष्ट ईकाई बनाउन सफल बस्नेत ,हाल गाैरिशंकर सामुदायिक पुस्तकाल संस्था बनाई आर्थिक पारदर्शिताका साथ काम गरेकाे अन्तर्राष्ट्रिय स्तरमा समेत पुरस्कृत हुन भएकाे छ ।
जिल्लाका ७४ वटै वडा मध्ये नेकपा एमालेलाई बढि मत खसालि एमालेका उम्मेदवारलाई विजयी बनाउने नेतृत्व गर्नु भएका भिमेश्वर नगरपालिका वडा नं ५मा जन्मिनु भएको हाे । नेकपा एमाले का नेता कार्यकर्ता काे सेवा मात्र नभई जिल्लावासीकै सेवा निरन्तर लागि रहनु भएकाे छ ।
लाेकप्रिय नेताका रूपमा परिचित बस्नेतलाई सचिव बनाई मिसन २०८४ मा एमालेलाई विजयीकाे शिखरमा पुराउन लागि परिरहेकाे नेकपा एमालेका स्वाभिमानी नेता कार्यकर्ता बताउँछन् । प्रतिपक्षहरू संग खराे प्रतिवादमा उत्रने बस्नेत कार्यकर्ताहरूकाे राेजाईका उम्मेदवार हुन एमाले नेता हाेम पाठकले भन्नुभयो “पार्टीकाे सैद्धान्तिक विचारलाई अघि सारि संगठन मजबुत बनाउदै प्रतिपक्ष दललाई परास्त बनाई एमालेलाई विजयकाे अविर लागाउने अबस्था सिर्जना गर्ने तागत राख्ने बस्नेतलाई एमालेका सबै प्रतिनिधिले मत दिने विश्वास छ।अब हाम्रो हाेईन राम्रो नेता एमालेले छान्ने छ पाठकले भन्नुभयो ।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारालाई तार्किक निष्कर्षमा पुराउन बस्नेत जस्ता बाैद्धिक व्यक्तित्वकाे आवश्यकता रहेकाेछ।
सचिव पदमा उमेदवार बन्नुभएका बस्नेतले प्रतिनिधिहरुवाट पाएकाे माया र सद्भावले आफू उत्साहित बनेकाे प्रतिक्रिया दिनुभएको छ ।
“राष्ट्रियता र समृद्धिका पक्षमा पार्टी अध्यक्ष केपी ओलीको अगुवाइमा एमाले पार्टीलाई अब हुने हरेक निर्वाचनमा श्रेष्ठता हासिल गराउन जिल्ला सचिवका रुपमा आफू अघि सर्न लागेकाे छु “- बस्नेतले भन्नुभयाे । प्रतिनिधिहरुवाट आफुलाई मत प्राप्त हुनेमा विश्वस्त रहेकाे उहाँको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *