कार्यकर्ताको मन जोडेकाे खण्डमा मात्र मिसन चाैरासी सफल हुने छ: महासचिव पाेखरेल
दाेलखा २२ माघ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले गाउँगाउँमा रहेका कार्यकर्ताको मन जोडेकाे खण्डमा मात्र मिसन चाैरासी सफल हुने बताउनुभयाे।
श्रदेय अध्यक्ष केपी ओलीकाे समन्वयमा पार्टीले लिएकाे मिसन ८४ सफलताकाे लागि अब हामी नेताका टाउको जोड्न लाग्नुहुँदैन, “नेताको टाउको जोडेर गरेको एकता असफल भईसक्यो , अब गाउँगाउँमा रहेका कार्यकर्ताको मन जोड्न लाग्नुपर्छ, अनिमात्र एकता सफल हुन्छ” पाेखरेलले भन्नुभयो ।
पाेखरेलले अतिवादी प्रचण्ड र अवसरवादी माधव नेपालका कारण नेपालमा अब कम्युनिष्ट पार्टीमा एकता सम्भावना नरहेको बताउनुभयाे ।महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वले मात्र देशलाई सहि दिशा निर्देश गर्न सक्ने दाबि समेत प्रस्तुत गर्नुभयाे।
अाज चरिकोटमा नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै पोखरेलले १२ बुध्दे शान्ति सम्झौता गरि जंगली माअाेवादीलाई राजनीतिकाे मुलधारमा नेकपा एमालेले ल्याए पनि तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसादकाे कुटिल कदमका कारण एमाले बराबर संसदीय हैसियत प्रदान गरेकाले जंगली शहरमा पसेर शेयर बनेकाे ईतिहासकाे मिसन ८४ मा समाप्त गर्न नेता कार्यकर्ता निर्देशन दिनुभयो ।
नेकपा एमाले दाेलखाका संयाेजक नरबहादुर श्रेष्ठकाे अध्यक्षता भएकाे १० औं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई नेपाल एमाले बागमती प्रदेशका संसदीय दलका प्रमुख जगनाथ थपलिया ,नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङगेल,संघिय संसद ईश्वरी रिजाल ,नेकपा एमालेका पाेलिष्ट ब्युरो सदस्य अानन्द प्रसाद पाेखरेल,नेकपा एमालेका पाेलिष्ट ब्युरो सदस्य पार्वत गुरूङ,नेकपा एमाले दाेलखा ईन्चार्ज कमल चाैलागाई,पुर्व मन्त्री सरस्वती बस्नेत ,पुर्व मन्त्री रचना खड्का , युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरूङ,अनेरास्ववियु दाेलखाका अध्यक्ष रामचन्द्र केसी लगायतले सम्बाेधन गर्नुभएको थियोे ।
साेही कार्यक्रम नेपाली कांग्रेस दाेलखाका नेता केशव चाैलागाई,नेकपा माअाेवादीका केन्द्रीय सदस्य नरबहादुर पाखरिन,एकीकृत समाजवादी दाेलखाका अध्यक्ष भिम दहालले समेत अधिवेशन सफलताको शुभकामना दिनुभएको छ।
अधिवेशनकाे लागि ६ सय २५ जना प्रतिनिधिकाे सहभागी रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।
अधिवशेनमा ९ स्थानीय तहको भुगोल तर्फबाट ४ सय ५० जना प्रतिनिधीले भाग लिने छन् । सबै भन्दा बढी सदस्य संख्या भएको मेलुङ गाँउपालिकाबाट सहभागि हुने छन् भने विगु गाँउपालिका सबै भन्दा कम प्रतिनिधीले सहभागिता जनाउने छन् ।
जनसंगठनवाट ५० जना प्रतिनिधी सहभागिता जनाउने छन् । प्रत्येक जनसंगठनबाट एक महिला सहित ३ जना प्रतिनिधी छनोट भएका छन् । यसैगरी दलित समुदायवाट ५० तथा पार्टीको सल्लाहकार परिषद बाट २५ जना तथा काठमाडौ सम्पर्क मञ्चवाट २१ जनाले ले अधिवेशनमा भाग लिने बताइएको छ । त्यसैगरी जम्मा प्रतिनिधीको ५ प्रतिशत मनोनितबाट आउने एमालेको विधानमा व्यवस्था रहेको छ ।जसमा ३० जना प्रतिनिधि मनोनित हुने एमाले दोलखाले जनाएको छ । जसमा प्रत्येक स्थानीय तह कमिटीकोसिफारिसमा २ जनाका दरले ९ स्थानीय तह कमिटीको सिफारिसमा १८ जना र जिल्ला कमिटीले १२ जना प्रतिनिधी मनोनित गर्ने नेकपा एमाले दोलखाले
जनाएको छ ।
एमाले दोलखामा हाल ७ हजार १ सय ३१ जनाले सदस्यता नविकरण गरेका छन् । जसमा पुरुष तर्फ ५ हजार ५ समय १ जना र महिला १ हजार ६ सय ३० जना रहेका छन् । जसमा दलित महिला १ सय २७ जना भने दलित पुरुषमा ३ सय ५२ जना प्रतिनिधी रहेको एमाले दोलखाको तथ्याक रहेको छ । अधिवेशन आएसँगै एमालेका केन्द्रीय, जिल्ला तथा स्थानीय त नेताहरु जिल्लाको सदरमुकाम एकीकृत भएका छन् । प्रतिनिधीहरु समेत सदरमुकाम चरिकोट आएका छ। एमालेमा फरक फरक समुह विच निर्वाचन हुने अनुमान एमाले कार्यकर्ताले गरेका छन् । केही पदाधिकारीमा कतिपय नेताले उम्मेद्वारी घोषणा गरेका छन् । अधिवेशनले अगामी ३ बर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
Leave a Reply