दैनिक ५० लाखको कारोबार गदै आजवाट दोलखा महोत्सव सकियो

 पब्लिक संवाददाता      मङ्लबार, पुस २४, २०८०      0

दैनिक ५० लाखको कारोबार गदै आजवाट दोलखा महोत्सव सकिएको
दीपशंकर चौलागाई
दोलखा २४ पुस । दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको ‘दोलखा महोत्सव–२०८०’ दैनिक ५० लाखको कारोबार गदै आजवाट सकिएको छ । करिब एक लाख नागरिकले अवललोकन गर्दै बृहत दोलखा महोत्सवको सम्पन्न भएको हो ।
पुस १३ गतेदेखि पुस २४ गतेसम्मका धुुमधामकासाथ महोत्सव चलेको थियो । यस पटक स्थानिय उद्योगी ब्यापारि तथा होटल ब्यबसायीले बढी भन्दा बढी महोत्सवबाट फाईदा लिएकाथिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका नगर उपाध्यक्ष सुरकृष्ण वैधले मेला, महोत्सवले मुलुकमा सुस्ताएको व्यापार, व्यवसायमा थोरै भएपनि चहलपहल बढाएको बताए । महोत्सवले स्थानिय ब्यापारिमा थप उर्जा ल्याएको छ वैधले भने ।
कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले महोत्सवले साना घरेलु व्यवसायी, उद्यमी र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुराएको छ , यसलाई निरन्तरता दिन जनप्रतिनिधिहरु आगामी दिनमा योजना बनाएर अघि बढ्न आग्रह गरे । उनले भने सरकार नै बिकास बिरोधी छ उद्योग संचालन गर्नुको साटो बिद्युतको लाईन काटेर बन्द गराउने नियति भएपछि के लाग्छ,कहिले आउछ नागरिकमा आर्थिक सम्वृधी ।
आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले महोत्सवमा दैनिक ५० लाखका दरले कारोवार भएको र करिब एक लाखको हाराहारिमा अवलोकन गरेको दावी गरेकाछन। आगामी वर्ष २०८१ सालको कार्तिक ३० देखि मंसिर १५ गतेसम्म पनि महोत्सवका आयोजना गर्ने जानकारी समेत दिएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *