
दीपशंकर चौलागाई
दोलखा २४ पुस । चिनको स्वाशासित क्षेत्र तिब्वत संग जोडिएको दोलखाको लामाबगरमा रहेको पेमाछोलिङ गुम्बाको औतारि लामा कुन्चे रिम्पोचेले उद्घाटन गर्नुभएको छ ।
७ सय ६२ बर्ष पुरानो पेमाछोलिङ गुम्बा २०७२ सालको विनासकारी भुकम्पबाट क्षतबिक्ष भएपछि पूर्न निमाणर्को ३ करोड ५० लाखले बाहिरी संरचना निमाणर् भएको थियो । गुम्बाका भित्री सबै संरचाना निमाणर् गन करिब ५ कारोड लाग्ने हुदा हाल सम्म पेमाछोलिङ गुम्बाको ण्दुघाटन हुन सकेको थिएन ।
स्थानिय शेर्पा र तमाङ समुदायका मनविरहरुको २ करोड ८५ लाखको आर्थिक सहयोगले बुद्द भगवानका बिभिन्न मूर्तिहरुको निमाणर् घ्युुवार गन्देन डोफेन्लिङ गुम्बाका औतारि लामा कुन्चे रिम्पोचेबाट औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
पेमाछोलिङ गुम्बा ब्यवस्थापन समितीका कोषध्यक्ष पेम्बा छिरिङ शेर्पाले देश,बिदेशमा रहनुहुने महान नभावहरुको सहयोगले करिब सात करोडको लगानीमा गुम्बा निर्माण गरेको बताउनुुयो । देशभरिको विभिन्न गुम्बाबाट आएको लामाहरुले धार्मिक महत्वका नृत्यहरु प्रस्तुत गरिएको थियो । औतारि लामाको दर्शनका लागी बौद्दधर्मालम्बीहरु मात्र नभई अन्य धर्म मान्ने नागरिकहरुको भिड लागेको थियो ।
बुद्ध धर्म त्यो धर्म हो जसको आधार शाक्यमुनिबुद्धले आफ्नो जीवनको पैतालीस वर्षसम्म दिएको उपदेशमा निर्मिति भएको छ । यसमा चौरासी
हजार धर्मद्वारहरू र धेरै सम्प्रदायहरू छन् तापनि शाक्यमुनि धर्मशास्त्रसँग यिनिहरूको सम्बन्ध नभएको कुनै पनि छैन गुम्बाका प्रमुख गुरु पेमा तेन्जीङ शेर्पाले भन्नुभयो ।
शाक्यमुनि बुद्धले बडो दृढताका साथ मानिहरूका बीच समानताको पक्षमा वहस गर्नु भई आफ्नो उपदेश प्रत्येकले सम्पूणर् रुपमा बुझ्न सकून् भनी दैनि प्रयोगमा आउने स्पष्ट र साधारण भाषामा उपदेश दिनुु भयो । असंख्य मानसिहरूको लाभका निमित उहाँले असी वर्षको आयुको अन्तिम घडीसम्म आफ्नो उपदेश दइिराख्नु भयो शेर्पा भन्नुुभयो ।
धर्मादेशले साधारण लिखित स्रोतको रुपमा दक्षणि र दक्षणि पूर्वी एशयिाका बौद्ध देशहरूमा महत्वपूर्ण भूमिका खेलेको देखन्छि ।परम्परा अनुसार चीनमा बुद्ध धर्मको पहिलो प्रचार सन् ६७ मा भएको थियो । जुुनबेला अपर पूर्वी हान वंश राजा मङ्गिले राज्य गर्दै थिए । तर वास्तवमा यसको चौरासी वर्षपछि मात्र बुद्ध धर्मशास्त्र चीनमा ल्याएर त्यसको अनुवाद भएको हो । त्यति बेलासम्म भारतमा महायान बौद्धधर्म स्थापति भैसकेको गुरु पेमाले जानकारी दिनुुभयो महायान बौद्ध धर्मका धर्मशास्त्रहरू र त्यसभन्दा अघिका धर्मशास्त्रहरू दुवै कुनै विभेद नबनि चीनमा प्रसारण भएको इतिहास जिवित छ ।
सम्पूणर् बुद्ध धर्मशास्त्र, नियम र ग्रन्थहरूलाई यो संज्ञा दिइयो । तिब्वतमा बुद्ध धर्मको प्रवेश सातौँ शताब्दीतरि भयो, एवं लगभग १५०वर्षसम्म अर्थात नवौँदेखी एघारौँ शताब्दीभत्रि बुद्ध धर्म शास्त्रको अनुवादको प्रयत्न गरीयो र त्यसै अवधी भित्र तिनको वस्तुतस् सम्पूर्ण अनुवाद भएको थियो ।
धर्मशास्त्रहरूको अनुवाद कोरिया, जापान, श्रीलंका, कम्बोडिया, टर्कीकोभाषाका साथै सम्पूणर् पूर्वी भाषाहरूमा मात्र नभई परन्तु ल्याटनि, फ्रेन्च, अंग्रेजी,जर्मन, इटालयिन भाषाहरूमा पनि यिनको अनुवाद भएको तथ्यको आधारमा बुद्धका उपदेशको आर्शिवाद हाल संसारको कुनाकुनामा पैmलिएको पेमाछोलिङ गुम्बाको प्रमुख लामा तेजिङले बताउनुुभयो ।
लामागुरुको धार्मिक कार्यक्रम २६ गते सम्म दोलखाको लामाबगरमा चल्ने गुम्बा ब्यबस्थापनका सदस्य एवम स्थानिय युवा ललित बस्नेत ले जानकारी दिनुुभयो ।
Leave a Reply