कानुन जनपक्षिय हुनुपर्छ :- मन्त्रि खड्का

 पब्लिक संवाददाता      शनिबार, पुस २१, २०८०      0

बागमती सरकारको बन तथा वातावरण मन्त्रि मसिना खड्काले समुुन्नत नेपाल निमार्णको लागी बन सम्बन्धी केही कानुन हेरफेर गर्न जरुरी रहेको बताउनुभयो ।
सडक निमार्ण गर्दा सरकारी तथा सामुदायिक बन क्षेत्रका केही भागहरु प्रयोग हुने गरेकाछन । बिकास निमार्णका काम गर्दा बन क्षेत्र प्रयोग गरेको भन्दै उपभोक्ता समितीलाई कारवार्ही गर्ने बन सम्बन्धी कानुन जनपक्षिय नभएको उहाँको दाबि थियो ।
सरकारको कानुन जनताको हितमा हुनुपर्ने छ मन्त्री खड्काले भन्नुभयो कर्मचारीहरुको नियतीका कारण सरकारलाई जनपक्षिय धेरै काम गर्न बाधक बनिरहेको छ । उद्योग तथा पर्यटन व्यवसायलाई जीविको पार्जनको माध्यम बनाउने तर वातावरण संरक्षणमा ध्यान नपुर्‍याउने भन्ने होईन मन्त्रि खड्काले भन्नुभयो दिगो विकासका लक्ष्य हासिल गर्न वातावरण संरक्षणमा ध्यान दिनुु पर्छ । विकास र वातावरणबिच समुचित सन्तुलन कायम गर्नका लागी विकाससंगै वातावरणीय प्रभाव र असरका बारेमा अध्ययन, अनुगमन र ठोस कार्य गर्ने व्यबस्था मिलाएर बामती सरकार अगाडी बड्नेछ मन्त्रि खड्काले दाबि साथ भन्नुु भयो। दोलखा सदरमुकाम चरिकोटमा दोलखा उद्योग बाणिन्य संघले आयोजना गरेको १० दिने बृहत दोलखा महोत्सवका समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
मन्त्रि खड्काले आझै जिल्ला समन्वय समिती दोलखा र नेपाली कांग्रेस दोलखाका दुवारा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । दोलखाको जिरी सम्म पुगी विकास र वातावरणबिच समुचित सन्तुलन कायम गर्नका लागी विकाससंगै वातावरणीय प्रभाव र असरका बारेमा अध्ययन, अनुगमन गर्ने कार्यक्रम रहेको जिल्ला बनकार्यालय दोलखाका प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभएकोछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *