दोलखा १२ पुस ।नेकपा माओवादी केन्द्रका युवा नेता तथा वाईसियल ईन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले याे देशमा विकास गर्ने एक मात्र पार्टी नेकपा माओवादी भएको जिकिर गर्नुभयो ।
नेपाली नागरिककाे दुखसुखमा साथ दिने, आर्थिक समुन्नतीका लागि दिर्घकालिन याेजना बनाई अघि बढ्ने जनपक्षीय गाैरवशालि पाटी नेकपा माओवादी केन्द्र भएका दिपशिखाले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल दोलखाको जिल्ला भेलालाई सम्बाेधन गर्दै नेता दिपशिखाले साे बताउनुभएकाे हाे।
वाइसियल जिल्ला संयोजक साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभाका सांसद गंगा कार्की (विश्व), नेतृ देवी खड्का, नेता, नरबहादुर पाख्रिन,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाइ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल दोलखाको अधिवेशनले विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।सचिवमा दिपेन्द्र बुढाथोकीलाई सर्वसम्मत चयन गरेको हो । भेला सुरु हुन भन्दा अघि वाइसियलले चरिकोटमा मोटरसाइकल ¥याली गरेको थियो।, नेकपा एमाले निकट युवा संघदोलखाका नेता राजीव श्रेष्ठ (काले राजीव) वाईसियलमा प्रवेश गरेका छन् । युवा संघको तत्कालीन संगठन युथफोरका केन्द्रीय सदस्य श्रेष्ठ वाईसियलमा प्रवेश गरेका हुन् ।
Leave a Reply