घरेलु तथा साना उद्योगहरुको संरक्षण गर्न भाैगाेलिक आधारमा नागरिक मैत्री नीती आवश्यक रहेको उद्योग मन्त्री चित्रकारकाे दाबि

 पब्लिक संवाददाता      बुधबार, पुस ४, २०८०      0

दाेलखा ४ पुस।बागमती सरकारका उद्योग बाणिज्य ,भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले लघु, घरेलु तथा साना उद्योगहरुको संरक्षण गर्ने भाैगाेलिक आधारमा नागरिक मैत्री निति बनाउन सरकार लागि परि रहेको बताउनुभयो भएकाे छ ।

भाैतिक निर्माण मात्र गरेर देश विकास हुदैन अब सरकार उदमशिलता तर्फ केन्द्रीत हुने छ मन्त्री चित्रकारले भन्नुभयो विदेशी राष्ट्रहरूले उद्योग संचालनकाे लागि भाैतिक संरचना बनाई दिए पनि कच्चापदार्थ र जनशक्तिका कारण उद्योग संचालन गर्न सकेका छैनाै ।
घरेलुु तथा साना उद्योग कार्यालय दाेलखाकाे आयाेजनामा संचालित उद्योग व्यवसायी संगकाे अन्तक्रिर्यामालाई सम्बाेधन गर्दै मन्त्री चित्रकारले साे कुरा बताउनुभएकाे हाे ।
दिगाे विकासले मात्र सम्बृध्दी ल्याउछ।यसका लागि साना साना उद्योग संचालन गर्न लगानी मैत्री बातावरण स्थानीय ,प्रदेश तथा संघीय सरकारले बनाईदिन आवश्यक रहेकाे उद्योग बाणिज्य ,भुमि तथा प्रशासन मन्त्री चित्रकारले प्रष्ट पार्नुभयाे । घरेलु तथा साना उद्योग कार्यालय दाेलखाकाे भवन लापरबाही ,आर्थिक घाेटला,बनाउदा बनाउदै जिर्ण भवन भएकाे पटकपटक नागरिकको गुनासो आएकोले यसकाे निरिक्षण गरि भवन निर्माणमा संलग्न निमार्ण व्यवसायी ,ईन्जिनियर लगायतकाे टाेलीलाई कानुनी कार्वाही गर्ने मन्त्र चित्रकारले उद्घाेष गर्नुभएको छ । भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरले आलोचना मात्र नगरी समधान सहित कुरा राख्न आन्तरकृयाका सहभागी उद्योग व्यावसायिकहरूलाई आग्रह गर्नुभयाे । आर्थिक सम्बृध्दीका लागि संघिय सरकारले कार्यक्रम बनाउने ,प्रदेशले अनुगमन गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरि कार्यक्रम ल्याउनु पर्ने धारणा मेयर मानन्धरले राख्नुभएको छ ।
नितिगत स्पष्टता नभएका कारण उद्योग ब्यवसाय फस्टाउन नसकेको भिमेश्वर नगरपालिकाकाे उपप्रमुख कमला बस्नेतले बताउनुभयो ।
दाेलखामा साना उद्योग संचालन र नविकरणका लागि प्राेत्साहन गरि राजश्व संकलनमा अहम भुमिका निर्वाह गरेकाेमा मन्त्री चित्रकारले कार्यालय प्रमुख राम प्रसाद भुषाल नेतृत्वको टिमलाई खुलेर प्रशंसा गर्नु भयाे ।

मन्त्री समक्ष अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख भुषालले विना धितो न्युन व्याजदरमा कर्जा प्रवाह गरेर साना उद्योगबाट उत्पादित वस्तुहरुको बजारको ग्यारेन्टी गरेकाे खण्डमा मात्र सरकारकाे नागरिक लाई सम्मृद्धी बनाउने उदेश्य पूरा हुने हाेईन भने सम्भव छैन भन्नुभएको छ ।
दाेलखा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुन्दर कार्कीलेकार्यालय अपायक भएकाे कारण पनि उद्योग दर्ता मा कमी आएकाेले तत्काल सार्न आग्रह गर्नुएकाे छ ।

नागरिक समाज दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाईले सरकारले उत्पादन लागतमा अनुदान दिने नीति नल्याए देश आर्थिक रूपमा समुउन्नत हुने जिकिर गर्नुभयाे। सार्वजनिक पद धारण गरेका पदाधिकारीहरु, कर्मचारी, बुद्धिजिवीले स्वदेशी वस्तु खरिद गरी उपयोग गर्ने बानीको विकास गर्न कानुनमै व्यवस्था गर्ने जरूरी छ चाैलागाईले भन्नुभयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *