जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १८ औँ वार्षिक साधारण सभा

सचिव र लेखा संयाेजक पदमा सहमती नजुटे पनि अध्यक्षमा भने शर्मा सर्वसम्मत
दाेलखा २३ मंसिर । जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १८ औँ वार्षिक साधारण सभा दाेलखा सदरमुकाममा चरिकोटमा सम्पन्न भएको छ ।
साधारणसभाले सचिव र लेखासंयाेजक पद बाहेक अन्य पदमा सर्वसम्मति गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।साधारणसभाले अध्यक्षमा देवीप्रसाद शर्मा ,वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल र महिला उपाध्यक्षमा सरुणा बस्नेत, महासचिवमा दिलबहादुर पाैड्याल केसी, कोषाध्यक्षमा नविनकुमार खतिवडा, सदस्यहरुमा अप्सरा चौलागाई, गोपाल जिरेल, सविना भण्डारी, सन्तोष खड्का, राजन श्रेष्ठ, सरला सापकोटा, हरिहर न्यौपाने, केदार दाहाल, देवका भण्डारी, विनिता शिवाकोटी र सिताराम उप्रेती चयन गरेको निर्वाचन समितिका संयाेजक सराेज उप्रेतीले जानकारी दिनुभयो ।

rbt
सचिवका लागि विकास चौलागाई र मिनकुमार खड्काको दावी परेको छ।सहमति जुटाउने प्रयास गरिरहेकाे छाै नव निर्पाचित महासचिव दिलबहादुर पाैड्याल केसीले भन्नुभयो। लेखा संयोजकमा पुष्कर कुमार दाहाल र रत्न श्रेष्ठ बिच पनि सहमति भएकाे छैन सहमतिमा ल्याउन काेशिस भईरहेकाे उहाँले बताउनुभयो ।हेमन्त चौंलागाईकाे अध्यक्षतामा भएकाे साधारण सभाकाे उद्घाटन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लले गर्नुभएको छ ।
जिल्ला सहकारी संघमा जिल्लाभर ३ सय ९७ सहकारी संस्थाहरु आवद्ध रहेको बताईकाे छ । दोलखाका सहकारी संस्थाहरुमा करिब २ लाख सदस्य आवद्ध छन् ।कुल पुँजी १३अर्ब रहेकाे जिल्ला सहकारी संघका कार्यालय प्रमुख राजकुमार दहालले बताउनुभएकाे छ।
साधारणसभामा उत्कृष्ट आर्थिक पत्रकारिता पुस्कारबाट पत्रकार जीवन लामा , नियमित बचत कारोवार गर्ने वैतेश्वर गाउँपालिकास्थित जनजागरण साकोस, नियमित ऋण कारोवार गर्ने तामाकोशी गाउँपालिकाको भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्था लाई सम्मान गरेकाेछ ।
यस्तै, उत्कृष्ट व्यवस्थापकतर्फ भीमेश्वर नगरपालिकास्थित जनहित चित्रेश्वर सहकारी संस्थाका रमेशचन्द्र बस्नेत, उत्कृष्ट महिला कर्मचारी पराेपकार साकाेस कि प्रमिला बस्नेत ,उत्कृष्ट पुरूष कर्मचारी जनसचेतन साकाेसका रमेश लामिछाने ,पूर्व संचालक हर्कमान पाख्रीन , सहकारी अभियान्ता चन्द्र लामा र तामाकोसी गाउपालिकालाई सम्मान गरेकाे छ ।
Leave a Reply