काठमाडौं १५ मंसिर।नेपाल शिक्षक संघ बाग्मती प्रदेश कार्य समितिको आयोजना मा दुई दिने नेतृत्व विकास तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू भएकाे छ ।
बागमती प्रदेश ११९ पालिका नेपाल शिक्षक संघका अध्यक्ष ,सचिव र जिल्ला अध्यक्ष ,सचिवहरूकाे सहभागी रहेकाे छ ।
संघिय कार्यसमितिका अध्यक्ष साेमनाथ गिरिले नेतृत्व विकास तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमकाे उ्घाटन गर्दै सरकार संग भएकाे सम्झौता अक्षरस संघिय एेनमा समावेश गर्न स्थानीय तह देखि नै खबरदारी गर्नु पर्ने अवस्था आएकाे बताउनुभयो ।
उहाँ ले सम्झौताकाे पालन गर्न सरकारले आलटाल गरेमा पून शैक्षिक आन्दोलनकाे आँधिबेरी सृजना गर्ने चेतावनी दिनु भयाे ।साेहि कार्यक्रम निवर्तमान अध्यक्ष राजेन्द्रराज पाैड्याल अवधि सकिएर पनि महासंघ नेतृत्व मा लिप्त हुने केही तत्त्वका कारण बिद्यालय शिक्षा ऐन आउन ढिलाइ भएकाे प्रष्टाउनुभयाे ।
नेपाल शिक्षक संघ बागमती प्रदेश का अध्यक्ष दिपक सिम्खडा काे अध्यक्षतामा भएकाे कार्यक्रमलाई नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी ,नेपाल शिक्षक संघका उपाध्यक्ष सुन्दर पन्त,नेपाल शिक्षक संघका संघिय उप महासचिव नारायण तिमल्सिना ,संघिय अर्थ उपमहासचिव प्रेम प्रसाद पाैड्याल,केन्द्रीय सदस्य रामकुमार अधिकारी ,मकवानपुर जिल्ला अध्यक्ष गणेश हुमागाई ,काठमाडौं महानगर अध्यक्ष मेघबहादुर बञ्जरा लगायतले सम्बाेधन गर्नुभएकाे छ ।
Leave a Reply