प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनलाई

 पब्लिक संवाददाता      बुधबार, मंसिर १३, २०८०      0

आज भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरे । कालिञ्चोक देखि नागदहसम्मको २६ किलोमिटर दूरी रहेको उक्त प्रतियोगितामा ब्रोनले ५१ दशमलव ०६ मिनेटमा दुरी पार गरेका थिए । प्रथम भएका ब्रोनले नगद एक हजार पाँच सय अमेरिकी डलर सहित प्रमाणपत्र मेडल प्राप्त गरेकाछन। प्रतियोगितामा नेपालका राजेश मगरले ५३ दशमल ४१ मिनेटमा उक्त दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेका थिए।उनी गत साप गेमका गाेल्डमेडालिष्ट हुन। उनले आज नगद एक हजार अमेरिकी डलर सहित प्रमाणपत्र मेडल प्राप्त गरेकाछन ।

त्यसैगरी बेलायतका क्रिस्टोफर केलिग ५४ दशमल २१ मिनेटमा दुरी पार गरेर तेस्रो स्थान हासिल गर्नु भएको थियो । उनले आठ सय अमेरीकी डलर प्राप्त गरे।
प्रतियोगिताको खुला तर्फ नेपालका अरुण कार्की प्रथम हुनु भएकाछन। यही विधामा दोस्रो नेपालकै निकल थिङ र तेस्रो दिनेश मर्हजन भएको आयोजक हिमालयन एनिग्मा द ट्रेल अफ द गॉड्स’ सदस्य सान्तु श्रेष्ठले बताए ।
प्रथम भएका कार्की ६ सय अमेरिकी डलर, थिङले पाँच सय ५० र मर्हजनले तीन सय ५० अमेरिकी डलर नगद जितेका थिए।
त्यसैगरी जुनियर तर्फ नेपालकै अनिस तामाङ प्रथम भए । विजयी खेलाडीलाई प्रमुख जिल्ला अधिकारी टुवाराज पाेखरेल र भीमेश्वर नगरपालिका मेयर ईश्वरनारायण मानन्धरले पुरस्कार वितरण गरेकाछन। प्रतियोगिता नेपाल पर्यटन वोर्ड, दोलखाको भीमेश्वर नगरपालिका र यति ओरिजिन्सको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्रतियोगिताका तिन इभेन्टसेमा १७ देशका ९० साइकिलिष्टहरुको सहभागिता रहेको आयोजकले बताएको छ । ३८४१ मिटर अग्लो कालिञ्चोकबाट भएको माउन्टेनबाइक रेस ८६० मिटरको नागदहमा पुगेर सकिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *