फोर ह्विल ट्रकको ठक्करबाट एकको मृत्यू, एक गम्भिर घाईते

पीडित पक्ष र सवारी धनीबीच वार्ता पछि सहमती ,यातायात सूचारु

 पब्लिक संवाददाता      शनिबार, मंसिर २, २०८०      0

 

पीडित पक्ष र सवारी धनीबीच वार्ता पछि सहमती ,यातायात सूचारु
दीपशंकर चौलागाई

दोलखा २ मंसिर । दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तामाकोशी गाउँपालिका–१ का २२ वर्षिय सुशिल माझिको मृत्यु भएको हो ।
विहान तामाकोशीबाट भिरकोटतर्फ जाँदै गरेको बा २९ प ११६२ नम्बरको मोटरसाइकल र किर्नेटारबाट तामाकोशीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१००३ क ९३५९ नम्बरको फोर ह्विल ट्रक गोपिखोला नजिकै आपसमा ठोक्किएर दुर्घटना भएको थियो । अर्का माइकल माझि भने गम्भिर घाईते भएका छन ।
माझिको मृत्यु भएको विषयलाई लिएर स्थानीयले आज विहानैदेखि सडक अवरुद्ध पारे पनि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्का नेतृत्वमा घट्नास्थल टोली पुगी अवरुध्द सडक खुलाएका छन ।
उनीहरुले सडकमै शव राखेर प्रदर्शन गरिरहेकोले डिएपी खड्का पुगी समस्याको समधान गरेकाछन । पीडित पक्ष, वडाअध्यक्ष र सवारी धनीबीच वार्ता  गरि सहमती भएको  खड्काले जानकारी दिए । ।अहिले तामाकोशी–मन्थली सडक सुचारु भएकोछ । सवारीका साधन आवतजावत गरिरहेकाछन प्रनाउ खड्काले भने ।
घाईते माझिलाई सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *