प्रति ट्रिप एक सय लिटर डिजेल हालि दिने पूर्व अरनिको यातायात प्रालीको घोषणा,

पूर्व अरनिको यातायातद्धारा तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा

 पब्लिक संवाददाता      शनिबार, मंसिर २, २०८०      0

दीपशंकर चौलागाई

दोलखा २ मंसिर । पूर्व अरनिको यातायात प्रालीले अरनिको पहाडीमार्गमा रहेका तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गरेको छ । चामुण्डा आयल स्तोर कांफ्लेटी, पाँचकुमारी आयल स्टोर २८ किलो र उग्रचण्डी आयल स्टोर बुडोल बनेपालाई बहिष्कारको निर्णय गराएका हुन।
अन्य यातायात समितिका बसलाई उधारोमा तेल हालेर प्रोत्साहित गरेको भन्दैसंचालक समितिको बैठक नैं राखेर तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गरेको छ । अरनिकोलाई अफ्ठयारो र निरुत्साहित पार्ने काम गरेको भन्दै उक्त पम्पहरुमा डिजेल नहाल्न पूर्व अरनिको यातायात प्रालीका सदस्य सचिव प्रभुराम थापाले बिज्ञप्ति जारी आव्हान गरेकाछन । दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा यातायात संचालन गर्दै आएको अरनिकोले पछिल्लो समय ओखलढुँगा र सोलखुम्वुमा पनि यातायात संचालन गरिरहेको छ ।
सदस्य सचिव थापाले भन्छन अरनिकोले ओखलढुँगाको पलापु क्यूलाई घोराखोरीतर्फका सुपरहरुवाट नियमित क्यू खानेगरी घोलेर चलाउने र उक्त क्यू लिने गाडिहरुलाई प्रति ट्रिप एक सय लिटर डिजेल समितिले हालि दिने निर्णय समेत गरेकाछौ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *