सरकारी जग्गा अतिक्रमण गरि बनाईएका घर टहरा तत्काल हटाउने जिल्ला वनक्षेत्र समन्वय समितिकाे निर्णय
दीपशंकर चाैलागाई
दाेलखा १९ कार्तिक ।जिल्लामा २१ दशमलव ३ हेक्टर जमिन अतिक्रमण गरि बनाईएका घरटहरा तत्काल हटाउने भएकाे छ ।डिभिजन वन कार्यालय दाेलखा आयाेजित जिल्ला वनक्षेत्र समन्वय समितिकाे बैठकले आज साे निर्णय गरेकाे हाे ।
जिल्ला वनक्षेत्र समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्लाका विभिन्न स्थानहरुको विगतमा अतिक्रमण भएका क्षेत्रहरुको तथ्यांक संकलन गरि आवश्यक समन्वय गर्दै संरचना हटाउने निर्णय गरेकाे छ। जिल्लामा थप अतिक्रमण हुन नदिन सबै सरोकारवालाहरु सचेत गराउन जिल्ला बनकार्यालयले अभियान संचालन गर्ने निर्णय सर्वसम्मत गरिएकाे अध्यक्ष घतानीले जानकारी दिनुभएकाे छ ।
जिल्ला वनक्षेत्र समन्वय समितिले .गत आर्थिक बर्ष ०७९।८० को प्रगति तथा आर्थिक बर्ष ०८०।८१ मा सम्पन्न गर्नुपर्ने स्विकृत कार्यक्रमहरुको बिषयमा छलफल गरि सरोकारवालाहरुसँग समन्वय गर्दै तोकिएकै समय भित्र सम्पन्न गर्ने निर्णय गरेकाे छ ।
जिल्लामा रहेका समुदायिक वन समूह तथा कबुलियति वन समूहहरु निष्कृय भएकोले सम्बन्धित स्थानीय तहहरुसँग समेत समन्वय गरी वन समूहहरुलाई सकृय बनाउने तथा वन संरक्षण र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएकाे डिभिजन बन कार्यालय दाेलखाका प्रमुख कृष्णराज न्याैपानेले बताउनुभयो ।
डिभिजन बन कार्यालय दाेलखाका प्रमुख न्याैपाने भन्नुहुन्छ जिल्लाको मैनापोखरी, सित्तली र मागापौवामा विगतमा निर्माण शुरु भई अपुरो अबस्थामा रहेका सब डिभिजन वन कार्यालयका भवनहरुको निर्माण कार्य सम्पन्न गरी प्रयोगमा ल्याउने निर्णय समेत गरेका छाै ।नेपालको आधा भूभाग ढाकेको नेपालको वन क्षेत्र, समृद्धीको एक प्रमुख आधार हो जैविक विविधताले भरिपूर्ण परिस्थीतिकीय प्रणाली, तथा खानी क्षेत्र पनि वन क्षेत्र भित्र पर्छन्।
समुदायमा आधारित वन व्यवस्थापनको माध्यमद्वारा वन क्षेत्रले तल्लो तहसम्मै प्रजातान्त्रिक अभ्यास र वातावरण संरक्षणमा प्रत्यक्ष रुपमा संलग्न गराई विश्वकै ठूलो जमातलाइ नेपालककाे बन क्षेत्रले ध्यानाकर्षण गराएको छ।
Leave a Reply