बागमती प्रदेश सरकारकाे ३ कराेड ५४ लाख ४९ हजारकाे लगानीमा दाेलखाकाे गाैरिशंकर गाउँपालिका ५ सुरिमा बन्याे ईलाका प्रहरी कार्यालयकाे भवन

 पब्लिक संवाददाता      बिहिबार, कार्तिक १६, २०८०      0

 

दीपशंकर चाैलागाई

दाेलखा १६ कात्तिक ।दाेलखाकाे गाैरिशंकर गाउँ पालिका ५ सुरिमा बागमती प्रदेश सरकारकाे ३ कराेड ५४ लाख ४९ हजार रूपैयाकाे लगानी ईलाका प्रहरी कार्यालय भवन निर्माण भएकाे छ ।

नवनिर्मित भवनकाे अाज बागमती प्रदेश सरकारका अान्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडेले एक समनराृहका बिच समुद्घाटन गर्नु भएकाे छ । बिगतमा बनेका केही संरचना भुकम्प पछि तहसनहस भए लगत्तै पून निमार्ण भएका हुन ।
प्रदेश सरकारले नेपाल प्रहरीलागि धैर स्थानमा पक्की भवनहरू निमार्ण गरेकाे छ ।यस अार्थिक बर्षमा ५४ वटा पक्की भवन बागमती सरकारले निमार्ण गरेकाे अान्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गैडेले बताउनुभयो ।बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बफादार र ईमानदार राष्ट्रसेवक प्रहरी नेतृत्वका कारण दाेलखा जिल्लाले समग्र प्रहरीकाे छवि उच्च बनाएकाे दाबि गर्नुभयो । ११ किलाे सुन बरामत मात्र नभई राजश्व छलिमा सकृय गिराेहलाई कानुनी दायरमा ल्याई कार्वाही गराउन सफल भएकाेमा प्रहरी नायव उपरीक्षक दिपक खड्का नेतृत्वकाे डिअाईजी राणाले खुलेर प्रशंसा गर्नुभयो ।
नागरिकलाई भय रहित ढंगले जिवनयापन गर्न दाेलखा प्रहरीले खेलेकाे शान्ति सुरक्षाकाे कदम देशकै उदाहरणीय भएकाे प्रमुख जिल्ला अधिकारी टुवाराज पाेखरेलले बताउनुभयो ।उहाँले भन्नुभयो दाेलखा प्रहरी नागरिक मैत्री छ।
गाैरिशंकर गाउँपालसकाका अध्यक्ष विश्वास कार्कीले नवनिर्मित ईलाका प्रहरी कार्यालयमा प्रहरी दर्बन्दी अनुसार प्रहरी कर्मचारीकाे ब्यबस्थापनकाे लागि बागमती सरकार संग आग्रह गर्नुभयाे।ईलाकामा प्रहरी निरिक्षककाे दर्बन्दी छ तर गाैरिशंकरले कहिलै देख्न पाएन पालिकाका अध्यक्ष कार्कीले भन्नुभयो राजधानी र सदरमुकाममा काज बसेर पेन्सन पाक्छभने काे अाउछ भिर पाखामा।
प्रहरी नायव उपरीक्षक दिपक खड्का , प्रहरी नायव निरिक्षक मैनाली ,कुशल प्रहरी सहायक निरिक्षक मनाेज भट्टराई ,बिगु गाउपालिका उपाध्यक्ष देविका थामी, समाजसेवी स्वायमबहादुर खड्का ,जग्गा दाता ,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाईलाई जिल्ला प्रहरी कार्यालय दाेलखाले सम्मान गरेकाे छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *