दोलखाको जिरी नगरपालिकामा आजदेखि जिरी च्याम्पियनसिप खेलकुद प्रतियोगिता २०८० सुरु

 पब्लिक संवाददाता      बुधबार, कार्तिक १५, २०८०      0

दीपशंकर चाैलागाई
दाेलखा १५ कार्तिक । आफ्ना कार्यक्रममा राखी    खेलकुदको विकासमा  प्रदेश सरकार र स्थानीय सरकारले प्राथमिकता दिनु  पर्दछ, स्पोर्टस फेस्टिबलको उद्घाटन गर्दै बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले  भन्नुभयो ।खेलका माध्यमवाट जिरीको पर्यटन विकास सम्भव हुनेछ ।
काफ्लेले जिल्लाको खेलकुद क्षेत्रको विकासलाई प्रदेश सरकारवाट सहयोग गर्ने बताउनुभयो

जिरी नगरपालिका र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल सुरु भएको हो ।  जिरी नगरपालिका नगर प्रमुख मित्रवहादुर जिरेलले आगामी वर्षहरुमा खेलकुद प्रतियोगिताको दायरालाई फराकिलो बनाउँदै पर्यटन विकाससँग जोडेर लैजाने प्रतिबध्ता जाहेर गर्नुभयो ।स्पोर्टस फेस्टिबल अन्तर्गत सर्वाधिक राशिको बागमती प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका १७ टिम सहभागी छन् । भलिबल खेल सम्पन्न भएपछि अन्य खेलहरु हुनेछन् । प्रतियोगिता अन्तर्गत जिरी भ्याली माउन्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस प्रतियोगिता र स्थानीय खेलहरु हुने आयोजकले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *