नेपालकाे जुरिच शहरमा च्याम्पियनसिप स्पोर्टस फेस्टिबल
दोलखा । स्वीजरल्याण्डकाे जुरिज शहरकाे उपनामले प्रख्यात दाेलखाकाे जिरि शहरमा जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल २०८० हुने भएकोछ।
जिरी नगरपालिका र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा यही कात्तिक १५ गतेदेखि कात्तिक १८ गतेसम्म च्याम्पियनसिप स्पोर्टस फेस्टिबल हुनेछ ।
च्याम्पियनसिप स्पोर्टस फेस्टिबलमा बागमती प्रदेशस्तरीय अन्तर पालिका खुला भलिबल प्रतियोगिता, जिरी भ्याली माउन्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस प्रतियोगिता र स्थानीय खेलहरु हुने युवा सञ्जाल जिरीका अध्यक्ष जगदीस खड्काले जानकारी दिनुभयाे। जनाएको छ । खड्का भन्नुहुन्छ सर्वाधिक राशिको खुला भलिबल प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ५१ हजार रहेको छ भने दोश्रो १ लाख १ हजार, तेश्रो ५१ हजार र सान्तवना २५ हजार रहेकाे छ।
अल्ट्रा म्याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले १० हजार, ७ हजार, ५ हजार पुरस्कार पाउने छन् । बाइक रेसका बिजेताहरुलाई पनि ७ हजार, ५ हजार र ३ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
अल्ट्रा म्याराथन दौड जिरी माउन्टेन भ्याली सर्किटमा हुनेछ । बाइक रेस लिंकन बजारको सडक हुनेछ। स्पोर्टस फेस्टिबलको सम्पूर्ण तयारी पुरा भएको र कात्तिक १४ गते वेलुकीसम्म टिम दर्ताको समय रहेको जानकारी दिनुभयो । जिरीको पर्यटन तथा खेलकुदको विकासका लागि प्रतियोगिताको आयोजना गरेकोले विभिन्न संघसंस्था, रोजगारीका लागि देश विदेशमा रहेका इच्छुक व्यक्तिहरुबाट आर्थिक सहयोगको अपिल गरेको छ ।
Leave a Reply