
पुर्व सुचना सञ्चार तथा प्रविधि मन्त्री गुरूङकाे प्रमुख आतिथ्यतामा सयपाटी साना किसान कृषि सहकारी संस्थाकाे ७ औ वार्षिक साधारण सभा सम्पन्न
दाेलखा २९ असाेज।शैलुङ गाउँपालिका ४ मागापाैवामा श्री सयपाटी सानाकिसान कृषि सहकारी सस्था लि.को सातौं साधारण सभा सम्पन्न भएको छ ।
कृषि सहकारी सस्था लि.को सातौं साधारण सभालाई उद्घाटन गर्दै नेपाल सरकारका पूर्व सुचना संचार तथा प्रविधि मन्त्री पार्वत गुरूङले कृषि सहकारीले यस क्षेत्रमा रहेका किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेकोमा प्रशंसा गर्नुभयो ।
शैलुङका किसान र मजदुरहरुको मेहनत र परिश्रमले नै ३४ हजार ८सय पुजीँ बाट सुरूभएकाे सयपाटी सानाकिसान कृषि सहकारी सस्था लि.को कुलपुजीँ २ कराेड ३५ लाख ५ हजार ९ सय ३० पुगेकाे पूर्व मन्त्री गुरूङले तारिफ गर्नुभयो ।
- २०७३ साल जेठ १० मा स्थापना भएकाे सयपाटी कृषि सहकारी अब कृषिलाई केहि अधुनिकिकरण गर्न लगानी सुरू गर्नुपर्छ,परम्परागत भन्दा बैज्ञानिक तबरले अगाडी बढाएर ब्यबसायीकरण लैजान अावश्यक भईरहेकाे पुर्व मन्त्री गुरूङले सल्लाह दिनुभयो ।
प्रदेश संसद भरत केसीले हरेक सहकारीकाे पहिलो प्राथमिकता कृषिलाई दिएको खण्डमा समुदाय बाट आर्थिक समुउन्ती सुरू हुने बताउनुभयो ।अझ युवा लक्ष्यित कृषि याेजना बनाउनु पर्छ केसी भन्नू हुन्छ माैसमी तथा बेमौसमी बाह्रै मास हुने तरकारी र फलफुल जस्ता नगदे बाली का लागि लगानी गर्न अग्रसर हुनुहाेस।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष माधव प्रसाद घिमिरेले भन्नुभयो सहकारी दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरुको समान जिम्मेवारी हुन्छ, खाली बचत गर्ने र ऋण लिने मात्र नभई भबिष्यका नयाँ कामको थालनि गर्नसक्नु पर्छ । सहकारी किसानहरुलागि लगानी गर्दा के काे लागि गरेकाे हाे संचालन भए नभएकाे निगरानी संचालक तथा ब्यबस्थापक गर्न जरूरी भएकाे घिमिरे बताउनुभयो ।
शैलुङ गाउँ पालिका प्रमुख रिमालबाबु श्रेष्ठले किसानहरूकाे जिवनस्तर उकास्न सहकारीहरू संग समन्वय गरि जनमैत्री कामहरू अघिबढाउने प्रतिबध्दता जाहेर गर्नुभयो ।उपाध्यक्ष पार्वती थापाले कृषि संग जाेडिएर पालिकाले गर्ने धेरै याेजना रहेकाेले सयपाटी सानाकिसान कृषि सहकारी सस्था सहकार्य गर्दै काम गर्ने घाेषणा गर्नुभयो ।
किसानहरुको विकास किसानहरुवाट नै गर्न सकिन्छ भन्ने मुख्य उदेश्यका साथ २०७३साल जेठ १० गते स्थानिय २९ जना शेयर सदस्यको ३४ हजार ८सय शेयरपुँजी बाट सुरु भएको सहकारीमा हाल ९सय जना शेयर सदस्यहरु रहेका छन् भने २करोड ३५ लाख ५ हजार ९ सय ३० कुलपुँजी रहेको छ । संस्थाले आर्थिक बर्ष ७९/८०मा ४ लाख ५० रुपैयाँ खुद नाफा कमाएको सयपाटी सानाकिसान कृषि सहकारी सस्थाका अध्यक्ष धनबहादुर तमाङले बताउनुभयो ।तमाङ भन्नुहुन्छ हामीले यस कर्ष १५ प्रतिशतले शेयर बाेनस दिने छाै ।सहकारीका ३सय ३७ शेयर सदस्यलाई एक कराेड ९९ लाख १० हजार ऋण लगानी गर्नुसाथै सहकारीले ८० लाख ५० हजार बाहिरी ऋर्ण समेत लिएको अध्यक्ष तमाङले जानकारी दिनुभयो ।
किसानकाे हितको लागी सहकारीले पशु बिमा कार्यक्रम संचालन गरेकाे उहाँले बताउनुभयो ।६८ वटा पशुको बिमा गरेकोमा यस बर्ष २ वटा नाेक्सान भएकाेले एउटा लाई ५० हजार ,अर्कोलाई २४ हजार क्षतिपूर्ति रकम उपलब्ध गराएका छाै अध्यक्ष तमाङले भन्नुभयो ।प्रयण घातराेग लागेका दुई जना शेयर सदस्यलाई १० /१० हजार का दरले रकम सहयोग गरेकाे सयपाटी सानाकिसान कृषि सहकारी सस्थाले जनाएको छ।यस सहकारीले शैलुङ गाउँ पालिका वडा नं १ देखी ५सम्म संस्थाको कार्यक्षेत्र बनाएकाे छ ।
Leave a Reply