पराेपकारमा भिमेश्वर वडा नं ६, जेष्ठ नागरिक , अनाथ बालबालिका ,सुत्केरी ,गर्भवती र एकल महिला पुरूषलाई नगद सहित सम्मान

 पब्लिक संवाददाता      आइतवार, अशोज २८, २०८०      0

दाेलखा २८ असाेज ।भिमेश्वर नगरपालिका वडा नं ६ ले जेष्ठ नागरिक , अनाथ बालबालिका ,सुत्केरी ,गर्भवती र एकल महिला पुरूष नगद सहित सम्मान गरेकाेछ।वडाले पराेपकार कार्य थालनी गरेकाे हाे । विजया दशमी तथा दिपावली नजिकदै गर्दा वडा भित्र रहेका ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको छ ।


साेही समारोहमा वडा नम्बर ६ ले ,बा आमा नभएका बालबालिका प्रोत्साहान स्वारूप नगद् र सुत्केरी , गर्भवती महिला लाई पोषण समेत बितरण गरेकाे अध्यक्ष नवीन लामाले जानकारी दिनुभयाे।
लामाले भन्नू हुन्छ ५० वर्ष माथिका सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका एकल महिला एकल पुरुषलाइ समेत सहयोग गरेका छाै।


ज्येष्ठ नागरिक भएका व्यक्तिहरूका लागि मानवीय समावेशिताका मापदण्डहरूमा पूरा गर्न जनप्रतिनिधिहरू लाग्नु पर्दछ कार्यक्रमका प्रमुख अथिती कम्युनिष्ट जेष्ठ मन्चका सदस्य एवम ६ नम्बर वडाका पुर्ब अध्यक्ष नारायण बहादुर थापाले भन्नुभयो सुरक्षा, पानी, सरसफाइ र स्वच्छता, खाद्य सुरक्षा र जीविकोपार्जन, पोषण, आवास, वस्ती र घरपरिवारले जेष्ठ नागरिक प्रतिखेलेकाे भुमि सुष्मरूपमा हेर्नुपदर्छ ,अनि मात्र स्थानीय सरकारकाे उनीहरूले महसुश गर्न पाउने छन।


मानवीय सेवामा क्रियाशील निकायहरूमा यो प्रतिबद्धतालाई पूरा गर्ने क्षमता अझै देखिदैन । ज्येष्ठ नागरिक भएका व्यक्तिहरूको मानवीय कार्यमा सहायता र सहभागिताको अधिकारलाई स्थापित गर्न दृढ हुनु पदर्छ थापाले भन्नू हुन्छ जेष्ठ नागरिक बन्ने पालाे सबैकाे आउछ ढिलाेचाँडाे मात्र हाे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *