दाेलखा २६ असाेज।गाैरिशंकर सामुदायिक पुस्तकालय चरिकोटले बिजया दशमीकाे शुभकामना आदानप्रदान गर्दै खुला लाेकदाेहाेरी प्रतियाेगिता सम्पन्न गरेकाे छ ।
नेकपा एमालेका पाेलिट ब्युरो सदस्य एवम पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पाेखरेलले उद्घाटन गर्दै दाेलखाकाे आर्थिक सम्वृदीका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताउनु भयाे । सदरमुकाम चरिकोटमा सुधारात्मरूपमा ब्यपार व्यवसाय अघि बढेमा पाेखरेलले खुशी व्यक्त गर्नुभयो । लाेकदाेहारी प्रतियाेगितामा सहभागी हुन र प्रत्यक्ष हेर्न सदरमुकाम चरिकोटमा नागरिककाे भिड लागेकाे ब्यापार बढेकाे हाेटल संचालक शंकर बस्नेत बताउनुभयो ।केही समय अघिबाट ब्यपार बढेकाे छ बस्नेतले भन्नुभयाे।
लाेकदाेहाेरी प्रतियाेगितनमा प्रथम दितिय तृतीय हुनेलाई क्रमशः २० हजार ,१० हजार ,७ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
गौरीशंकर सामुदायिक पुस्तकालयले दोलखा जिल्लाकै शैक्षिक सामाजिक, आर्थिक, संस्कृतिक विकासमा उत्कृष्ट योग्दान पुर्याएको भन्दै तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्मान गरेका थिए । यो पुस्तकालय अपांगमैत्री र विपद् व्यवस्थापन न्यूनीकरणका क्षेत्रमा काम गरेको कारण नै उत्कृष्ट पुस्तकालयका रूपमा छानिएको थियो ।२०७६ सालमा सरकारले नै उत्कृष्ट सामुदायिक पुस्तकालयको रूपमा सम्मान गरेको थियोे ।
अध्ययन, अनुसन्धान गर्नका लागि चरिकोटमा रहेको यो पुस्तकालय विद्यार्थी तथा अन्यको रोजाइको केन्द्र बन्दै गएको छ । भीमेश्वर नगरपालिकाभित्र गौरीशंकर पुस्तकालयले ज्ञान, सीप, प्रविधि र सामुदायिक विकासका लागि अभियान नै संचालन गर्दै आएको छ । बढीभन्दा बढी पुस्तक अध्ययन गराउनलाई ग्रामीण भेगमा गएर जीविकोपार्जनसम्बन्धी तालिम एवं प्रशिक्षण दिएर टोलवस्तीका सबै नागरिकमा पुस्तकालयसम्बन्धी ज्ञान दिलाउन लागिपरेको छ ।
२०६० सालमा स्थापना भएको पुस्तकालयले सीप सिकाइ र व्यावसायिकतातर्फ नागरिकलाई उद्यत गराएर पुस्तक अध्ययन गर्न बानी बसाल्न अभिप्रेरित गरेको पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतको दाबी गर्नुभयो ।
गौरीशंकर सामुदायिक पुस्तकालयले टोलवस्तीहरूमा पुगेर सिलाइ, बुनाइ, हस्तकलाका सामग्री निर्माण, पार्लर, जुत्ता-चप्पल निर्माणका तालिमहरू संचालन गर्दै आएको छ । पुस्तकालयले नागरिकलाई लघुउद्याेग संचालनको लागि अभिप्रेरित गराउने उदेश्यले विभिन्न समयमा एक महिने ,१५ दिने तालिमहरू संचालन गर्दै आएको छ।
Leave a Reply