नागरिकको आधारभूत अधिकार र स्वतन्त्रताकाे दुहाई गर्ने हुरेनकाे दाेलखामा मानवअधिकार शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

 पब्लिक संवाददाता      सोमवार, अशोज २२, २०८०      0

दाेलखा २२ असाेज।संसारमा प्रत्येक व्यक्तिसँग सम्बन्धित आधारभूत अधिकार र स्वतन्त्रता दुवाई गर्दै नेपाल मानव अधिकार संगठन दाेलखा शाखाले ग्रामीण भेग सम्म मानव अधिकार शिक्षा दिईरहेकाे छ ।
दाेलखाली नागरिकलाई मानव अधिकार का सवालमा सचेत गराएकाे कार्यक्रम का प्रमुख अतिथ प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले बताउनुभयो। नागरिक र राजनीतिक अधिकारमा स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार समावेश छ भने; आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा सम्पत्तिको संरक्षण र शिक्षाको अधिकार समावेश छ प्रजिअ धमलाले भन्नुभयाे।
निष्पक्षता, सम्मान र कदर,समानता,गरिमा र स्वतन्त्रता । यसका लाेप लाग्दा गहना हुन।

प्रशिक्षक डा गाेविन्द ढकालले भन्नुभयो ” मानव अधिकारहरू सर्वब्यापी छन ,सबै व्यक्तीलाई अधिकार अपरिहार्य छ अधिकार व्यक्तिबाट अल्ल्ग्याउन वा छुट्याउन मिल्दैन। “सबैमानव अधिकार बिभिन्नतामै एकसाथ गांसिएका छन् । कसैले कसैलाई दिन वा कसैको हटाउन सकिदैन तर केही अधिकारहरू केही परिस्थितिहरूमा सीमित वा प्रतिबन्धित हुन सक्दछन डाक्टर ढकाल भन्नुहुन्छ यदि कसैलाई कुनै अपराधको अभियोग लागेमा, तिनको स्वतन्त्रताको अधिकार प्रतिबन्धित सक्दछ।

देशमा महिला हिंसा, जातीय विभेद तथा आपराधिक घटनाहरुमा बढेकाेले समयमै न्याय निरुपण हुन नसकेको ले उजुरी र गुनासोहरु आउने क्रम बढी रहेकाे मानवअधिकारवादी नेता दिपशंकर चाैलागाई दावि गर्नु भयाे ।उहाँ भन्नू हुन्छ यस्ता घटनाक्रमहरुबाट मानव अधिकार संस्कृतिको निर्माणमा गम्भीर चुनौती सिर्जना भएको छ । दलित, अपांगता, जेष्ठ नागरिक, आदिवासी, जनजाति, यौनिक अल्पसंख्यकका अधिकार लगायतका विषयमा थप जोड दिनुपर्ने अाजकाे आवश्यकता रहेकाे छ । कानुनको शासन, सामाजिक न्याय र मानव अधिकारको सुनिश्चितताका लागि सचेत नागरिकले अहम भूमिका निर्वाह गर्न जरुरी छ ।

मानवअधिकारवादी नेता दिपशंकर चाैलागाईकाे अध्यक्षतामा भएकाे मानवअधिकार शिक्षा प्रशिक्षण कार्यक्रममा उत्कृष्ट मानवअधिकारवादी २०८० बाट बैत्यश्वर गाउँपािलका ७ स्थाई ठेगना रहेका समाजसेवी केशव चाैलागाई सम्मानित हुनुभएको छ।

मानवअधिकार शिक्षा प्रशिक्षण उट्घाटन समारोहलाई सम्मानित व्यक्तितब केशव चाैलागाई, नेपाल पत्रकार महासंघ दाेलखाका सचिव दिलबहादुर केसी , मानवअधिकारकर्मी छविन्द्र प्रसाद चाैलागाई ,मानवअधिकारकर्मी राजन बस्नेत सम्बाेधन गर्नुभएकाे छ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *