
सडक दुर्घटना न्युनिकरणका लागि स्वास्थ्य कार्यालय दाेलखाकाे एक दिन अभिमुखिकरण कार्यक्रम
दाेलखा १९ असाेज ।सडक दुर्घटना न्युनिकरणका लागि नागरिकमा जनचेतना जागृत गर्न अपरिहार्य रहेकाे छ।
सडक दुर्घटना राेगथाम तथा जाेखिम न्युनिकरण समिति द्वारा आयाेजित अभिमुखिकरण कार्यक्रममा अपरिपक्व चालक,यातायात समिति बिच अस्वास्थ प्रतिस्पर्धा दुर्घटना बढेकाे ठहर गरेकाे छ ।
समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले बिच सडकमा बिस्कुन सुकाउने,छाडा छाेडीएका चाैपाया , बिच सडकमा बनेका खाल्डाखुल्डी र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदा जस्ता कारण सडक दुर्घटना बढी रहेकाे नागरिक तहमै सचेत गराउन सराेकारवालाहरू लागि पर्नु पर्ने बताउनुभयाे ।
आैपचारिकताकाे लागि तालिम र गाेष्ठी गरेर सडक दुर्घटना न्युनिकरण नहुने हुदा सुष्मरूपमै याेजना बनाएर अघि बढ्न आवश्यक रहेको प्रजिअ धमलाले धारणा व्यक्त गर्नुभयाे ।
जिल्ला ट्राफिक कार्यालय दाेलखा, पुर्व अरनिको यातायात सेवा समिति ,राेल्वालिङ्ग यातायातायात सेवा ,स्थानीय टेम्फु यातायात समितिका चालक सहचालकाे कार्यक्रममा सहभागीता रहेकाे थियाे ।बागमती प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ कार्यालय दाेलखकाे समन्वयमा एक दिने सडक दुर्घटना राेगथाम तथा जाेखिम न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे थियो ।
Leave a Reply