![](https://publicpati.com/wp-content/uploads/2023/10/Screenshot_20231006_112713_Chrome.jpg)
दाेलखा १९ असाेज।दोलखाको शैलुङ गाउँपालिका–२ पुरानो गाउँका पञ्च वहादुर तामाङले आफ्नै बुबा ७५ वर्षीय रामवहादुर तामाङ र बुहारी २७ वर्षीया जेनिशा तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन।
नियान् त्रणमा लिने क्रममा पञ्चवहादुरले खुकुरीको झटारो हान्दा इलाका प्रहरी कार्यालय मागापौवाका प्रहरी जवान भुपनारायण श्रेष्ठ घाइते भएका दाेलखाका प्रहरी नायव उपरीक्षक दिपब खड्काले जानकारी दिनुभयाे ।प्रहरी जवानको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरेका पञ्चवहादुरले घरायसी विवादमा बिहीबार साँझ बुबा रामवहादुरलाई खुकुरी प्रहार गरेको र उनलाई बचाउन गएकी बुहारी जेनिशालाई पनि खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ ।खुकुरी प्रहारवाट रामवहादुरको टाउको र कानमा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भीर छ । बुहारी जेनिशाको पनि टाउकोमा चोट लागेको
दोलखाका प्रहरी प्रमुख, डिएसपी खड्का बताउनुभयो ।
दुवै जनालाई बिहीबार राति नैं उपचारकालागि काठमाडौं पठाइएको र उनीहरुको जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले दाेलखाले जनाएको छ ।
४२ वर्षीय पञ्चवहादुर तामाङलाई नियन्त्रणमा छन।
पक्राउ परेका तामाङलाई हिरासतमा राखी अनुषन्धान भइरहेको छ ।
Leave a Reply