विश्व पशुपन्छी दिवस अवसरमा दाेलखाकाे चरिकोटमा प्रभातफेरी साथ प्रशिक्षण कार्यक्रम सम्पन्न

 पब्लिक संवाददाता      बुधबार, अशोज १७, २०८०      0

विश्व पशुपन्छी दिवस अवसरमा दाेलखाकाे चरिकोटमा प्रभातफेरी साथ प्रशिक्षण कार्यक्रम सम्पन्न

दाेलखा १७ असाेज। विश्व पशुपन्छी दिवस आज दाेलखा काे सदरमुकाम चरिकाेटमा मनाइएको छ ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय,पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोट, दोलखाकाे आयाेजनामा ‘पशुपन्छी प्रति उचित सम्मान मानव सभ्यताको पहिचान’ भन्ने नाराका साथ प्रभातफेरी गरि प्रशिक्षण कार्यक्रम गरिएको छ।


पशुपन्छीहरुको भाेक, प्यास मेटाउन पाउने स्वतन्त्रता,
आरामदायी ढङ्गले जिउन पाउने स्वतन्त्रता,दुःख, दर्द, घाइते र रोग लाग्नबाट बाच्न पाउने स्वतन्त्रता,आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रता, डर, त्रास र तनावबाट मुक्त रहन पाउने स्वतन्त्रता रहेकाे डाक्टर ध्रुव डिसी जानकारी दिनु भएकाेछ ।
जनावरलाई खाने बस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा हेर्न डाक्टर डिसीले अपिल गर्नुभएकाेछ ।
कार्यक्रममा भेटेनरी अस्पतालका डाक्टर डिसीले पशु अधिकारको विषयमा समेटीएको भिडियो समेत देखाई पशु पन्छी अधिकारकाे प्रष्टपार्नु भएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख बर्जुराम घतानीले पशुपन्छीको अधिकारका लागि स्थानीय सरकारले काम गरिरहेको वताउनुभयो । पशु अधिकारकै कारण दाेलखामा सामुदायिक कुकुरको व्यावस्थापन गर्न समस्या भएको छ घतानिले भन्नुभयो ।

दाेलखाका प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमला भन्नू भयाे मानिसले पशुलाई गर्ने व्यावहार राम्रो हुनुपर्ने, भोक, प्यास र कुपोषण हुन नदिने, पिडा, घाउ, चोट हुन नदिने लगायतका विषयमा ख्यालगर्नु पर्दछ ।धमला भन्नू हुन्छ हरेक बर्ष अक्टोबर ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई प्रष्ट्याउने गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोट, दोलखाका प्रमुख ज्ञानबहादुर जिरेलले मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावरकाे अधिकार सम्बन्धि काम गर्ने अधिकारकर्मी हरु एकै थलोमा भेला भएर खबरदारी गरिरहेकाे बताउनुभयाे।
जनावर माथिको हिंसा बन्द गर भन्ने बिभिन्न नाराहरु गुञ्जायमान हुने गरेकाे यथार्थलाई आत्मसात गर्न जरुरी भएकाे जिरेलले बताउनुभयो ।
भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् । कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाड हरुले त जनावरको यस बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषीत गरिदिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *