दाेलखा १६ असाेज ।भुमिहिन दलित,भुमिहिन सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसाेवासीलाई कसरी व्यबस्थित गराउने भन्ने बिषयमा राष्ट्रिय भुमि आयाेग जिल्ला समिति दाेलखाले सदरमुकाम चरिकोटमा एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेकाेछ ।राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष एवम प्रवता नहेन्द्र खड्काले वास्तविक सुकुम्बासी काे पहिचान गरि सरल र सहज रूपमा निस्सा कार्ड उपलब्ध गराउन दाेलखाका नाै वटैपालिकाका प्रमुख,उपप्रमुख र प्रमुख शासकीय अधिकृतलाई प्रशिक्षण दिए ।सुकुम्बासीकाे लगत छिटोभन्दा छिटो उपलब्ध गराई निस्सा कार्ड दिने बाताबरण बनाई दिनुहाेस राष्ट्रिय भुमिआयोगका प्रवता खड्का भने “भुमिहिन दलित,भुमिहिन सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसाेवासीलाई व्यबस्थित बनाउन अहाेरात्र खट्न तयार छ ।”
राष्ट्रिय भुमि आयाेग जिल्ला समिति दाेलखाका सदस्य सचिव एवम नापी कार्यालय दाेलखाका प्रमुख अशाेक कुमार श्रेष्ठले जिल्ला समिति दोलखाले हाल सम्म गरेकाे कार्य विवरण सार्वजनिक गरेकाछन। २०७९असार २१ गते राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौं र राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखा अन्तर्गत रहेका स्थानिय तहबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि २०७९भदौ २ गते राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौंबाट लगत संकलनको लागि ३५ दिने पहिलो पटक सुचना प्रकाशन गरेकाे बताए।तर यो सुचनामा दोलखाका केही स्थानिय तहले लगत संकलन नगरेको श्रेष्ठले आराेप लगाए।> हाल जिल्ला समिति दोलखामा भिमेश्वर नगरपालिकाबाट २८ जना भूमिहिन सुकुम्वासिको पारिवारिक विवरण प्राप्त भएको थियो, जसमध्ये मालपोतबाट २७ जना भूमिहिन सुकुम्वासि प्रमाणीकरण भई आएको छ । उनीहरूलाई निस्सा कार्ड उपलब्ध गराउने तयारी भईरहेको छ श्रेष्ठले जानकारी दिएकाछन ।
त्यसै गरि गौरिशंकर गाउपालिकाबाट ५८ जना भूमिहिन सुकुम्वासीहरुको परिवारिक विवरण प्राप्त भएको , यसमा पनि ४८ जनाको मालपोत बाट भूमिहिन सुकुम्वासि प्रमाणीकरण भई आएको छ श्रेष्ठले भने विगु गाउपालिकाबाट मौखिक ३ जना भूमिहिन सुकुम्बासिको निवेदन संकलन भएको छ ।अव्यवस्थित बसोवासिको सन्दर्भमा भिमेश्वर नगरपालिकामा लगत संकलनको कार्य भईरहेको छ । गत भदौ २९ गते फेरी राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौबाट कालिञ्चोक गाउपालिका, वैतेश्वर गाँउपालिका, मेलुङ गाँउपालिका र शैलुङ गाँउपालिकामा लगत ३५ दिने सुचना प्रकाशन भएको लसमेत सदस्य सचिवले जानकारी गराए।
राष्ट्रिय भुमिआयाेग जिल्ला समिति दाेलखाका अध्यक्ष ललित मगरकाे अध्यक्षतामा भएकाे अभिमुखिकरण तालिममा स्थानीय सरकार लागि परे सुकुम्बासीले छिटोभन्दा छिटो निस्सा कार्ड पाउने जानकारी गराईएकाेछ ।
राष्ट्रिय भुमिआयाेग जिल्ला समिति दाेलखाका अध्यक्ष ललित मगरकाे अध्यक्षतामा भएकाे अभिमुखिकरण तालिममा स्थानीय सरकार लागि परे सुकुम्बासीले छिटोभन्दा छिटो निस्सा कार्ड पाउने जानकारी गराईएकाेछ ।राष्ट्रिय भुमि आयोग जिल्ला समितिका सदस्य रिता रिमाल,सदस्य सुशीला शर्माले अभिमुखिकरण तालिमको सहजिकरण गरेकाथिए । अभिमुखिकरण तालिममा भिमेश्वर नगरपालिका २ का सुकुम्बासी नागरिकको समेत सहभागीता गराईएकाे थियाे ।
Leave a Reply