दाेलखा प्रहरी र शसस्त्र प्रहरी १८ नम्बर गुल्म अन्तरगत बिओ पी लामाबरकाे संयुक्त टाेलीले आज थप ४किलाे सुन बरामत
दीपशंकर चाैलागाई
दाेलखा १४ असाेज ।दाेलखा प्रहरी र शसस्त्र प्रहरी १८ नम्बर गुल्म अन्तरगत बिओ पी लामाबरकाे संयुक्त टाेलीले आज थप ४किलाे सुन बरामत गरेकाेछ ।
नेपाल प्रहरी दोलखा प्रहरी नायव उपरीक्षक दिपक खड्का र शसस्त्र प्रहरी १८ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक द्ववारीका केसीकाे कमाण्ड रहेकाे टाेलीले अहाेरात्र खटि सुन बरामत गर्न सफल भएकाे हाे ।
आज बिगु गाउपािलका १ लामनबगरकाे आङफुर्वा शेर्पा बारीकाे ढुङ्गा माथि लुकाएर राखेकाे अबस्थामा नेपाल प्रहरीका ईनिष्पेटर बिक्रम लामा र शसस्त्र प्रहरी १८ नम्बर गुल्म अन्तरगत लामाबगर बिओपीका प्रमुख ईनिष्पेटर जयन्त केसीकाे टाेलीले ४ किलो सुन बरामत गरेकाे हाे ।
नेपाल प्रहरीले याे भन्दा अघि ७ किलो सुन बरामत गरि सकेकाे थियो । हाल सम्म दाेलखामा ११ किलाे सुन बरामत भएकाे प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले जानकारी दिनु भयाे।
हाल सम्म प्रहरीले सिंगटीबाट तीनै जना र दुई जना चरिकाेटकाे हाेटल बाट सुन तस्करमा संलग्नलाई पक्राउ गरि अनुसन्धान गरि रहेको छ ।
सिता तामाङको घरमा कोठा लिई बस्ने केशर बहादुर तामाङको कोठाबाट रित पूर्वक खानतलासी गर्दा सुन ४ किलोग्राम , पछि केशर तामाङकाे घरबाट ३ किलाे र आज बिगु गाउपािलका १ लामनबगरकाे आङफुर्वा शेर्पा बारीकाे ढुङ्गा माथि लुकाएर राखेकाे अबस्थामा ४ किलाे गरि ११ किलो बरामत भएकाे हाे।
दाेलखाका प्रहरी प्रमुख डिएसपी खड्का नागरिककाे तहमा लाेकप्रिय रहेकाछन ।दाेलखाकाे शान्ति सुरक्षाकाे लागी उत्कृष्ट भुमिका निर्वाह गदै अाउनु भएकाे डिएसपी आफै सुन बरामत गर्न पुगेकाछन ।
चिनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा छापा मारेर तस्करलाई सुन सहित पक्राउ गरेकाछन। मान्छे फेल हुन चाहँदैन तर योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सधैँ फेल भइरहेको हुन्छ’ तर यो भनाइ लाई चिर्दै याेजना बनाएर गस्तीमा आफै निस्कीएका डियसपी खड्का सफल भएका छन ।
योजना बनाएर काम गर्ने हो भने थोरै समयमा धेरै गर्न नसके पनि उल्लेखनीय केही काम गर्न सकिन्छ उदाहरण बनेकाछन खड्का । केही विकृति हटाउने र केही संस्कृति निर्माण गर्न सकिन्छ, जुन आजको आवश्यकता पनि हो ।
।लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियाे ।
पैदलमार्गबाट सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
पक्राउ प्रतिवादीहरुलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतबाट दिन -८ (आठ) को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो
Leave a Reply