दाेलखा प्रहरी र सिआईबिकाे टाेलीले आज थप ३किलाे सुन बरामत
दाेलखा १२ असाेज ।
दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलाे सहित ७ किलो सुन प्रहरीले बरामत गरेको छ। सुन सहित सिंगटीबाट तीनै जना र दुई जना चरिकाेटकाे हाेटल बाट पक्राउ गरेकाे थियाे । बयानकाे क्रममा थप ३ किलाे सुन विगु गाउँपालिका १ स्यालुका २८ वर्षीय केशर तामाङघरमा रहेकाे खुले पछि प्रहरी ले बरामत गरेकाे हाे ।
कुशल राष्ट्र सेवक प्रहरी नायव उपरीक्षक दिपक खड्का कमाण्डमा रहेका टाेली र केन्द्र बाट अाएकाे सिअाईबीले आज थप ३किलाे सुन सहित तस्करीहरू पक्राउ गर्न सफल भएकाे छ ।
दोलखाको लामाबगर नाका हुँदै भित्रिएको चार किलो सुन र त्यसमा संलग्न व्यक्तिहरु पक्राउ गरी सार्वजनिक गरेको भोलिपल्टै शुक्रबार प्रहरीले थप ३ केजी सुन बरामद गरेको छ ।
थप सुन रहेको भन्ने सूचनासँगै गएको प्रहरी टोलीले यसअघि सुन भेटिएको विगु २ जामुने स्थित एक होटलबाटै थप सुन बरामद गरेको हो
प्रहरीले बुधबार राती जामुनेबाट बरामद भएको चार केजी सुन र त्यसमा संलग्न विगु गाउँपालिका १ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु १ गोंगरका २० वर्षीय माधव मगर, विगु १ लामावगरका ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र १८ वर्षीय पेम्बा तामाङलाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
Leave a Reply