Dolakh NSU cup football 2080 काे उपाधि बैत्यश्वर माविलाई

 पब्लिक संवाददाता      शुक्रबार, अशोज १२, २०८०      0

Dolakh NSU cup football 2080 काे उपाधि बैत्यश्वर माविलाई

दाेलखा १२ असाेज। Dolakh NSU cup football 2080 प्रतियाेगिता उपाधि बैत्यश्वर माविले हात पारेकाे छ । द राईजिङ स्टार बाेडिङ स्कुललाई पेनाल्टी सुटमा ३ -२ अन्तरले बैत्यश्वर मावि नाम्दु विजय भएकाे छ । Dolakh NSU cup football 2080 प्रतियाेगितामा जिल्लाका २४ वटा विद्यालयका टिमकाे सहभागीता रहेको थियोे ।
५ दिन देखि संचालनमा रहेकाे प्रतियाेगिताकाे तेस्रो स्थानकाे लागि जिरी माविलाई पेनाल्टी सुटमा हराउँदै अल्पाईन पब्लिक स्कुल  चरिकोट विजय भएकाे थियाे।

Dolakh NSU cup football 2080 प्रतियाेगिताकाे समापन समारोह प्रमुख अतिथि नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले मुलुक भष्ट्चारले थिल्थिलाे भएकाेछ ।केन्द्रीय नेता, पूर्व मन्त्रीहरूकाे गलामा भ्रष्टाचार काे माला झुन्डिएको छ।नागरिक तहमा भ्रष्ट हरूका कारण दलहरू प्रति बितृणा छाई रहेकाे अबस्थामा नागरिक काे मन जित्न नेपाल विद्यार्थी संघ दाेलखा र नेपाली कांग्रेस दाेलखा खेलकुद ,प्रशिक्षण र सास्कृतिक कार्यक्रम गर्दै हिडेकाे सभापति बर्मा लामाले बताउनुभयो ।लामा भन्नुभयाे खेलकुदले युवाहरूमा सामुहिक भावाना ,सहकार्य गर्ने मनाेबल र अनुशासित हुन सिकाउछ।नेपाल विद्यार्थी संघ दाेलखालेल विभिन्न क्षेत्र उदाहरणीय कार्य हाे।

शिक्षाको ज्योति, विद्यार्थी हकहित र माउ पार्टीको प्रजातन्त्रको लक्ष्यमा थप मद्दत पुग्ने अपेक्षा ले नेविसंघ दाेलखाले रचनात्मक काम गरेकाे नेविसंघ दाेलखाका अध्यक्ष साैगात थापाले बताउनुभयो । शिक्षा क्षेत्रको विकासले मात्र आधुनिक देशको निर्माण हुनसक्ने, शिक्षित समाजले मात्र प्रजातन्त्रको पहरेदारी गर्न सक्ने हुदा नेविसंघ दाेलखाले कलम र मसाल अंकित झण्डामुनि जिल्लाका हजारौं विद्यार्थी राख्न गुरूयाेजना बनाई अघिबढेकाे थापाले दावि गर्नुभयो ।

इतिहासमा नेविसंघले नेपाली राजनैतिक आन्दोलनहरुमै महत्त्वपूर्ण याेगदान पुराएकाे नेविसंघका केन्द्रीय सदस्य रञ्जन खड्काले बताउनुभयो । केन्द्रीय सदस्य खड्काले भन्नुभयो वि.सं २०२८ मा पञ्चायतले ल्याएको राष्ट्रिय नयाँ शिक्षा योजनाको सशक्त विरोध, विद्यार्थी आन्दोलन २०३२, विद्यार्थी आन्दोलन २०३५,२०३६, जुन आन्दोलनले जनमत संग्रहको माहोल सिर्जना गर्‍यो ।
२०४२ को सत्याग्र र २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनको अग्रमोर्चामा होमियो , २०६२/०६३ को दोस्रो जनआन्दोलनमा उतिनै भुमिका थियो नेविसंघकाे। यी ऐतिहासिक कर्मले लेखिएको नेविसंघको इतिहासको पानामा आजको दिनमा निशुल्क, गुणस्तरीय, सहज र जीवन उपयोगी शिक्षाको बहस र आन्दोलनमा होमिएको आधुनिक र युगमैत्री तथा लोकतान्त्रिक चरित्रसहितको नागरिक उत्पादनका लागि नेविसंघ ले भुमिकालाई अघि बढाउने याेजना बनाएकाे केन्द्रीय सदस्य खड्का प्रष्ट िार्नु भयने ।

खेलप्रेमी आमसमुदायलाई सम्बाेधन गर्दैकेन्द्रीय सदस्य खड्काले आजको नेविसंघको कर्मले भोलिको कांग्रेसको आयतन तय गर्ने हुदा नेविसंघ दाेलखाले गरेकाे रचनात्मक कामले पार्टी संगठन मा काेशेढुङ्गा सावित हुने दाबि गर्नुभयाे।

आजको नेविसंघ भोलिको कांग्रेस हो , नेविसंघका नेताहरु जो पछि गएर पार्टी सभापति भए, प्रधानमन्त्री भए, पार्टी पदाधिकारी भए, केन्द्रीय सदस्य भए, मन्त्री भए तसर्थ, कांग्रेसकाे भविष्य निर्धारण नेविसंघ ले गर्नेछ छ केन्द्रीय सदस्य खड्का बताउनुभयो ।

नेपाल विद्यार्थी संघ दाेलखाका अध्यक्ष साैगात थापाकाे सभापतित्वमा भएकाे कार्यक्रममा समापन विजयी विद्यालयका खेलाडीहरूलाई शिल्ड,तक्मा ,प्रमाणपत्र खादा लगाई शब्द दुवारा नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य अनिता श्रेष्ठ ,महिला नेतृ गिता शिवाकोटी ,नेपाल विध्यार्थी संघका केन्द्रीय सदस्य रञ्जन खड्का , नेपाली कांग्रेस दाेलखाका नेता पदम पाठक,नेविसंघका नेता सेरप माेक्तान, नेविसंघका नेता नवराज कार्की ,नेविसंघका नेता बिष्णु शिवाकोटी बधाई तथा शुभकामना दिनुभएको थियाे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *