३ कराेड ७७ लाख ४७ हजार ८ सय ५ बराबरको सुन सहित ५ जना पक्राउ
दाेलखा ११ असाेज ।दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ५ जनालाई पक्राउ गरेको छ। सुन सहित सिंगटीबाट तीनै जना र दुई जना चरिकाेटकाे हाेटल बाट पक्राउ गरेकाे छ ।
कुशल राष्ट्र सेवक प्रहरी नायव उपरीक्षक दिपक खड्का कमाण्डमा रहेका टाेलीले सुनतस्करीलाई पक्राउ गर्न सफल भएकाे छ ।
सिता तामाङको घरमा डेरा, कोठा लिई बस्ने केशर बहादुर तामाङको कोठाको रित पूर्वक खानतलासी गर्दा सुन जस्तो देखिने पहेलो धातु थान ४ (चार), वजन ४ किलोग्राम, आजको बजार मुल्य अनुसार रु ३,७७,४७,८०५ बराबरको बरामद गरेकाे डिएसपी खड्काले बताउनुभयो ।
घटनामा संलग्न जिल्ला दोलखा बिगु गाउँपालिका वडा नं. १ बस्ने बर्ष १९ को पेम्बा तामाङ, साेहि ठाउकाे बर्ष २० को माधव मगर र बर्ष २८ को केशर तामाङलाई घटनास्थलबाट वरपरबाट पक्राउ गरेकाे प्रहरीले जनाएको छ । जिल्ला दोलखा बिगु गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५५ को नुर्वु छिरीङ शेर्पा र बर्ष ३० की सुनमाला तामाङलाई भिमेश्वर नगरपालिका वडा नं. ६ चरिकोट स्थित शुभकामना होटलमा बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ ।
सुन जस्तो देखिने पहेलो धातु सुन हो, होईन एकिन गर्नका लागी चरिकोट स्थितमा कुनै मेसिन नभएको हुँदा सम्बन्धित निकायमा पठाउने डिएसपी खड्काले बताउनुभएकाे छ।
दाेलखाका प्रहरी प्रमुख डिएसपी खड्का नागरिककाे तहमा लाेकप्रिय रहेकाछन ।दाेलखाकाे शान्ति सुरक्षाकाे लागी उत्कृष्ट भुमिका निर्वाह गदै अाउनु भएकाे डिएसपी अाफै अहाैरात्र खटी तस्करी लाई समाउन सफल भएका हुन ।चिनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा छापा मारेर तस्करलाई सुन सहित पक्राउ गरेकाछन।
मान्छे फेल हुन चाहँदैन तर योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सधैँ फेल भइरहेको हुन्छ’ तर यो भनाइ लाई चिर्दै याेजना बनाएर गस्तीमा अाफै निस्कीएका डियसपी खड्का सफल भएकादछन । योजना बनाएर काम गर्ने हो भने थोरै समयमा धेरै गर्न नसके पनि उल्लेखनीय केही काम गर्न सकिन्छ उदाहरण बनेकाछन खड्का । केही विकृति हटाउने र केही संस्कृति निर्माण गर्न सकिन्छ, जुन आजको आवश्यकता पनि हो ।
नागरिक समाज दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई भन्छन बाघको खोलभित्र लुकेर मुसा देख्ना साथ म्याउँ गर्दै देश र दुनियाँलाई धोखा दिनुभन्दा सदाबहार बिरालो बनेरै राष्ट्रको ढुकुटी प्वाल पार्ने मुसा मार्न सक्ने क्षमता उत्तम हो ।डियसपी खड्काकाे अागमन पछि दाेलखाली नागरिकले सुरक्षित अनुभुति गरेकाछन ,तस्करी र गुण्डा नाईकेहरूकाे सास्ताे गईरहेकाे छ चाैलागाईले भन्नुभयाे ।प्रहरीले सिंगटीको जामुनेस्थित एक होटलबाट केशर तामाङलाई चार किलो सुन सहित पक्राउ गरेको हो ।
उनीहरूले तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ।लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियाे
पैदलमार्गबाट सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
पक्राउ प्रतिवादीहरुलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतबाट दिन -८ (आठ) को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
Leave a Reply