कुशल राष्ट्रसेवक डिएसपी खड्काकाे असल कार्य, सिंगटीमा ४ किलो सुन सहित ३ जना पक्राउ

 पब्लिक संवाददाता      बिहिबार, अशोज ११, २०८०      0

कुशल राष्ट्रसेवक डिएसपी खड्काकाे असल कार्य,
सिंगटीमा ४ किलो सुन सहित ३ जना पक्राउ

दाेलखा ११ असाेज ।दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सुन सहित सिंगटीबाट पक्राउ गरेका तीनै जना दोलखाका रहेका छन् ।
कुशल राष्ट्र सेवक प्रहरी नायव उपरीक्षक दिपक खड्का कमाण्डमा रहेका टाेलीले सुनतस्करीलाई पक्राउ गर्न सफल भएकाे छ ।दाेलखाका प्रहरी प्रमुख डिएसपी खड्का नागरिककाे तहमा लाेकप्रिय रहेकाछन ।दाेलखाकाे शान्ति सुरक्षाकाे लागी उत्कृष्ट भुमिका निर्वाह गदै अाउनु भएकाे डिएसपी अाफै अहाैरात्र खटी तस्करी लाई समाउन सफल भएका हुन ।चिनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा छापा मारेर तस्करलाई सुन सहित पक्राउ गरेकाछन।

मान्छे फेल हुन चाहँदैन तर योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सधैँ फेल भइरहेको हुन्छ’ तर यो भनाइ लाई चिर्दै याेजना बनाएर गस्तीमा अाफै निस्कीएका डियसपी खड्का सफल भएकादछन । योजना बनाएर काम गर्ने हो भने थोरै समयमा धेरै गर्न नसके पनि उल्लेखनीय केही काम गर्न सकिन्छ उदाहरण बनेकाछन खड्का । केही विकृति हटाउने र केही संस्कृति निर्माण गर्न सकिन्छ, जुन आजको आवश्यकता पनि हो ।
नागरिक समाज दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई भन्छन बाघको खोलभित्र लुकेर मुसा देख्ना साथ म्याउँ गर्दै देश र दुनियाँलाई धोखा दिनुभन्दा सदाबहार बिरालो बनेरै राष्ट्रको ढुकुटी प्वाल पार्ने मुसा मार्न सक्ने क्षमता उत्तम हो ।डियसपी खड्काकाे अागमन पछि दाेलखाली नागरिकले सुरक्षित अनुभुति गरेकाछन ,तस्करी र गुण्डा नाईकेहरूकाे सास्ताे गईरहेकाे छ चाैलागाईले भने ।
गएराती प्रहरीले चलाएको अपरेशनको क्रममा दोलखाको विगु गाउँपालिका वडा नम्बर १ स्यालुका केशर तामाङ, विगु–१ लामाबगरका राज तामाङ र लामबगरको गोंगरका माधव मगर रहेका छन् ।
प्रहरीले सिंगटीको जामुनेस्थित एक होटलबाट केशर तामाङलाई चार किलो सुन सहित पक्राउ गरेको हो । त्यसपछि उनको बयानको आधारमा राज तामाङ र माधव मगरलाई पक्राउ गरेको हो ।

उनीहरूले तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ।लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियाे
पैदलमार्गबाट सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
दोलखाका प्रहरी प्रमुख (डिएसपी) दीपक खड्काले पक्राउ परेका व्यक्ति र बरामद भएको सुनलाई सदरमुकाम चरिकोट ल्याएर पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *