सिंगटीमा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ

 पब्लिक संवाददाता      बिहिबार, अशोज ११, २०८०      0

सिंगटीमा ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ

दीपशंकर चाैलागाई
दाेलखा ११ असाेज ।दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ।

सिंगटी बजारबाट ३ जनालाई गए राती पक्राउ गरिएको र उनीहरूको साथबाट ४ किलो तस्करीको सुन बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।

  • उनीहरूले तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ।लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियाे
    पैदलमार्गबाट सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
    बिहीबार (आज) प्रहरीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराउने तयारी गरेको छ । आइतबारदेखि चीनको रोङजिया र क्वादम सीमा नाका चीनले खोलिदिएको थियोे। चीनले बन्द गरेको लप्ची नाकाबाटै तस्करले सुन भित्र्याएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *