“शिक्षकले धर्म नछाेडेका कारण मुलुकमा परिवर्तन आएकाे हाे” प्रजिअ धमला

 पब्लिक संवाददाता      बुधबार, अशोज १०, २०८०      0

दाेलखा १० असाेज ।शिक्षकले धर्म छाेडेका भए मुलुकमा कुनै पनि परिवर्तन सम्भव थिएन् दाेलखामा प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले भन्नु भयाे। यिनै गुरूहरूले शिक्षा दिएर समुन्नत मुलुक बनाउन निरंकुश राज्य ब्यवस्थाकाे अन्त्यका लागी जनमत तयार गर्न लाग्नुभयाे । फलस्वरूप पञ्चायती कालारात्री समाप्त पार्न याेजना बनाउने र लड्ने तागत निमार्ण गरि बहुदलिय ब्यवस्था ल्याउन मात्र नभई लाेकतान्त्रिक गणतन्त्र ल्यान सफल हुनुभयो । निरंकुशता समाप्ति का लागि गाउँ गाउँ बाट नागरिकलाई अघि बढाउने काममा खट्ने गुरुहरूकाे माथि सरकारमा पुगेर निति निमार्ण गर्नेहरूले अपहेलना गरेकाे प्रष्ट देखिन्छ ।आमा ,बुबा र गुरु काे सम्मान गरे मात्र मुलुक ले परिकल्पना गरेकाे समुन्नत समाज बन्ने छ कार्यक्रमका प्रमुअ अतिथि प्रजिअ धमलाले प्रष्ट्उनुभयाे ।
उहाँले भन्नुभयाे अहिले देशमा शिक्षाकाे गुणस्तर खस्किएको छ ,यसकाे सुधारकाे लागि शिक्षक ,अभिभावक र स्वयम् विद्यार्थीहरूले व्यबहारमा परिवर्तन गर्न जरुरी छ।आफू परिवर्तन भए मात्र समाज परिवर्तन हुन्छ।अनिमात्र अन्तर्राष्ट्रिय शैक्षिक बजारमा बिक्ने शैक्षिक जनशक्ति उत्पादन गर्न सकिन्छ ।कर्तव्य निष्ठ भएर पेशामा लाग्न प्रावि दितिय श्रेणीमा बढुवा हुने दाेलखाका ४६ जना शिक्षकलाई नियुक्ति पत्र प्रदान गर्दै साे कुरा धमलाले बताउनुभएको हाे ।
समयसापेक्ष शैक्षिक गतिविधिमा अपडेट हुने शिक्षक युगले मागि रहेकाले अपग्रेड हुन आवश्यक रहेकाे बताउदै आउटडेट शिक्षक समाजले नखाेजेकाे प्रजिअ धमलाले जिकिर गर्नुभयो ।

शिक्षा विकास तथा समन्वय ईकाई दाेलखाकाे आयाेजनामा भएकाे प्रावि दितिय श्रेणीमा बढुवा शिक्षकहरूकाे नियुक्ति पत्र प्रदान कार्यक्रममा ईकाईका प्रमुख शंकर बाबू श्रेष्ठले राष्ट्रिय स्तरमा उच्चहुने गरि शैक्षिक उपलब्धि बढाउने गरि अध्यान अध्यापन अघि बढाउन शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय ईकाई दाेलखाले
खादा,टीका र खाजाकाे समेत ब्यबस्थापन गरि बढुवाभएका शिक्षकलाई नियुक्त पत्र प्दाज गरेकाेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *