नेविसंघ कप फुटबल २०८० दाेलखामा सुरू

 पब्लिक संवाददाता      आइतवार, अशोज ७, २०८०      0

दाेलखा ७ असाेज।नेपाल विद्यार्थी संघ दाेलखाले सुषुप्त अबस्थामा रहेकाे खेलकुद क्षेत्रलाई थप उर्जा दिन Dolakh NSU cup football 2080 प्रतियाेगिता सुरू गरेकाे छ। साे प्रतियाेगितामा २४ वटा टिमकाे सहभागीता रहेको छ।अाज उद्घाटन भएकाे खेल १० असाेज सम्म चल्ने अायाेजकले जनाएको छ ।

ने.वि.संघ दोलखाको अध्यक्ष सौगात थापाले बताउनु भयो।
Dolakh NSU cup football 2080 प्रतियाेगिताकाे उद्घाटन प्रमुख अतिथि नेपाली काँग्रेसको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र विशेष अतिथि दोलखा काँग्रेस सभापति बर्मा लामाले संयुक्तरूपमा गर्नुभएको छ।
मुलुक परिवर्तनका संवाहक नेपाल विद्यार्थी संघका हाेनहार युवाहरूले सुषुप्त अबस्थामा रहेका हरेक क्षेत्र लाई उर्जादिने यस्ता गतिविधिले समुन्नत मुलुक बन्न काेशेढुङा सावित हुने छ प्रमुख अतिथि शिवाकोटी ले भन्नू भयाे ।नेपाल विद्यार्थी संघ दाेलखाकाे याे उदाहरणीय कार्य हाे। कांग्रेस दाेलखाका सभापति बर्मालामाले नेपाली कांग्रेस दाेलखालाई सांगठनिक रूपमा मजबुत बनाउन विभिन्न समयमा यस्ता रचनात्मक गतिविधि संचालन गर्दै नेपाल विद्यार्थी संघले सहयोग गरिरहेकाे बताउनुभयो । उहाँले भन्नुभयाे खेलकुदले युवाहरूमा सामुहिक भावाना ,सहकार्य गर्ने मनाेबल र अनुशासित हुन सिकाउछ ,आम बिद्यार्थी मित्रहरूलाई नेविसंघमा गाेलबन्द गराउन साैगात थापा अध्यक्ष रहेको बर्तमान नेतृत्वले खेलेकाे भुमिका दाेलखा कांग्रेसकाे राजनैतिक ईतिहासमा स्वार्णिम कदम बनिरहेकाे छ।

नेपाल विद्यार्थी संघ दाेलखाका अध्यक्ष साैगात थापाकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेसकिबागमती प्रदेश सदस्य अनिता श्रेष्ठ ,तरुण दल केन्द्रीय सदस्य भिम खड्का , नेपाल विध्यार्थी संघका केन्द्रीय सदस्य प्रेमिका राना मगर, नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट, नेविसंघका केन्द्रीय सदस्य धर्मराज शाही ,नेविसंघका केन्द्रीय सदस्य उत्तम कार्की , नेविसंघका केन्द्रीय सदस्य एन्जर कार्की , नेविसंघका केन्द्रीय सदस्य जगतजंग बिष्ट, नेपाल ट्रेड युनिय काँग्रेस अध्यक्ष शम्भु गाैतम,, प्रेस युनियन दाेलखा अधयक्ष सुजन काफ्ले,नेपाली काँग्रेस पालिका सभापतिहरु भीमेश्वर नगर पालिका सभापति शंकर कार्की , जिरी नगरपालिका सभापति सोनाम शेर्पा काे नेपाल महिला संघदाेलखाकी नेतृ भगवती शाह लगायतकाे उपस्थिति उद्घाटन समारोह सम्पन्न भभएकाे थियाे ।
उद्घाटन खेल भिमेश्वर नगरका शिक्षक र नेपाल विद्यार्थी संघ दाेलखाकाे टिम बिच मैत्रीपूर्ण खेल भएकाे थियोे ।साे खेलमा नेविसंघले ट्रईबेकरमा जित हात पारेकाे छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *