
दाेलखा ३० भदौ । नेपालको महिला आन्दोलन, महिलाको रूपान्तरण, हक-अधिकार स्वतन्त्रताका लागि अगुवाइ गर्ने गरिमामय संस्था नेपाल महिला संघ दाेलखाले शुभकामना अादान प्रदान गर्दै दर खाने कार्यक्रम सम्पन्न गरेकाे छ।
नेपाल महिला संघ दाेलखाकी नेतृ भगवती शाहकाे विशेष अगुवाइमा लाेकतन्त्रका अनुवाई महिला दिदिबहिनीहरू बिच शुभकामना साटासाट गर्द दर खाने कार्यक्रम गरिएकाे छ ।
दर खुवाउने कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाले
यतिखेरको अवस्थामा शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा पुरुषको तुलनामा महिला पछाडि नै छन, आर्थिक स्थिति पनि राम्रो छैन,उनीहरूको सबलीकरण र सशक्तीकरण गर्दै आत्मनिर्भर हुने खालका कार्यक्रम देशभरि सञ्चालन गर्न सरकार संग माग गर्नुभएको छ। लामाले आपूmलाई आत्मनिर्भर आत्मविश्वास बढाउन र समग्र देशको विकास गर्नका महिला लक्षित कार्यक्रम ल्याउनु पर्ने जाेड दिएकाछन। एक महिला सक्षम भएमा सिंगो परिवार नै स्वालम्वी हुने छ त्यसैले महिलाको साक्षरतामा वृद्धि गर्दै गरिब, असहाय, विपन्न वर्गका महिलाका लागि राज्यले उच्च शिक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्छ सभापति लामाले भन्नुभयो ।
नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा थपलियाले भन्नुभयाे नेपालको संविधानले ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको छ, तर तीनै तहको निर्वाचनपछि संघमा ३३ प्रतिशत, प्रदेशमा ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला निर्वाचित भएका छन। ३३ प्रतिशतलाई सिँढी बनाई ५० प्रतिशत महिला प्रतिनिधित्व राज्यका हरेक नीतिनिर्माण र पार्टीका हरेक संरचनामा पुर्याउन थपलियाले जाेडदार माग राख्नु भयाे।
नेपाल महिला संघ दोलखाद्वारा आयोजित तिज विशेष कार्यक्रमको अध्यक्ष कृष्ण कुमारी खड्का ,विशेष अतिथिहरु भीमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धर , उपसभापति तथा कालिन्चोक पालिका प्रमुख अर्जुन प्र.सिवाकोटी , महिला नेतृहरु गिता सिवाकोटी , विनिता अधिकारी , सविना लामा श्रेष्ठ , लेमु दाहाल , उर्मिला कार्की भगवती शाह लगायतले महिला अधिकारका सवालमा विचार व्यक्त गर्नुभएकाे छ।
Leave a Reply