शैक्षिक उन्नयनमा चम्किलो तारा दाेलखाकाे द राईजिङ बाेडिङ स्कुल ,यसले विभिन्न कार्यक्रम गर्दै मनायाे ५९ औं राष्ट्रिय बाल दिवस

 पब्लिक संवाददाता      शनिबार, भदौ ३०, २०८०      0

दाेलखा २९ भदौ ।५९औँ राष्ट्रिय बाल दिवस दाेलखाकाे निजि बिद्यालय द राईजिङ स्टार बाेडिङ स्कुलले धुमधामका साथ मनाएकाे छ ।‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउने करममा कविता वाचन तथा नृत्य प्रतियाेगिता कार्यक्रम गरी द राईजिङ स्टार बाेडिङ स्कुलले दिवस मनाएकाे हाे।

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिए लगत्तै दाेलखाका निजि तथा सामुदायिक विद्यालयहरूले विभिन्न कार्यक्रम गरि मनाउँदै आएकाछन।
कविता वाचनमा नाै जना विद्यार्थीले भाग लिएका थिए। प्रथम दृष्टिणा शिवाकोटी ,दितिय रिस्ता आपागाई,तृतीय दिप्सन सापकोटा र सान्त्वना डिस्काई बस्नेत हुनुभएको छ। करिब ४० वटा नृत्य प्रस्तुत भएकाेमा एल केजीमा पढ्ने ४ बर्षिय नमुना तमाङ उत्कृष्ट डान्सर हुनुभएको छ।उहाँलाई नगद ५ सय प्रदान गरिएकाे छात्रा सुप्रिमा चाैलागाईले जानकारी दिनुभएकाे छ।
कविता वाचन तथा बालदिवस कार्यक्रमलाई सम्वाेधन गर्दै नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाईले बालमैत्रि विद्यालय निमार्ण गर्न बालबालिकाकाे चहानालाई बुझि विभिन्न समयमा विद्यालय प्रशासनले यस्ता रचनात्मक कार्यक्रम गर्न अावश्यक रहेको बताउनु भयाे।विद्यार्थीकाे अन्तर निहित क्षमता प्रष्फुन गर्ने अवसर दिलाउने कर्तव्य विद्यालय हाे ,चाैलागाईले भन्नुभयो दाेलखाका निजि विद्यालयमा द राईजिङ स्टार बाेडिङ स्कुलले निरन्तर रचनात्मक कार्यक्रम गरि रहेकाेछ त्यसैले उत्कृष्ट बनेको हाे। शैक्षिक क्षेत्रमा हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउन सफल यश स्कुलमा करिब अाठ विद्यार्थी अध्यानरत छन।अभिभावककाे राेजाईकाे द राईजिङ स्टार बाेडिङ स्कुल जिल्लाकाे शैक्षिक क्षेत्रकाे मेरूदण्डकाे रूपमा स्थापित रहेकाे अध्यक्ष चाैलागाईले जिकिर गर्नुभयाे।

बालअधिकारका निमित्त बालबालिका आफैँले पहल कदमी गर्न सक्दैनन् ,त्यसैले अभिवाकत्व राज्य र समाजका अगुवा अधिकारकर्मीहरूले लिनुपर्छ यसका लागि नेपाल पत्रकार महासंघ दाेलखा तयार छ अध्यक्ष चाैलागाले माैखिक प्रतिबध्ता जाहेर गर्नुभयाे।

कक्षा नाै कि छात्रा दिपिका सापकोटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रियान्सिपल उपेन्द्र अधिकारी , प्रेम प्रसाद अधिकारी ,नवराज शिवाकोटी ,कृष्ण प्रसाद आचार्य ,बविता खड्काले बालबालिका शारीरिक तथा मानसिक रूपमा वयष्क जस्तो परिपक्क नहुने भएकाले उनीहरूलाई विषेश हेरचाह, संरक्षण र सुविधाको आवश्यकता पर्दछ,घर, परिवार समुदाय र राज्यले आफ्ना बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषण, स्याहार र संरक्षणमा धेरै भन्दा धेरै लगानी गर्नुपर्ने धारणा राख्नुभएको छ। संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *