नेपाल शिक्षक संघ भिमेश्वर नगर समितिले जलायाे संसदमा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा ऐन

 पब्लिक संवाददाता      बिहिबार, भदौ २८, २०८०      0

पब्लिक समचारदाता

दाेलखा २८ साउन।नेपाल शिक्षक संघ, भिमेश्वर नगर समितिले संसदमा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा ऐनप्रति आपत्ति जनाउँदै प्रस्तावित ऐन जलाएका छन् । शिक्षकहरु सदरमुकाम चरिकोट काे सातदोबाटो चोकमा अाज ७ बजे उक्त ऐन जलाएर बिरोध गरेका हुन् ।

कार्यक्रममा उपस्थित शिक्षकहरुले निर्णय नसच्चिय आगामी दिनमा आन्दोलनको कार्यक्रम कडा गरिने चेतावनी दिएका छन् । सरकारले हाम्रा माग अधिकतम सम्बोधन हुने मौखिक आश्वास दिँदै आएकाले हामीले संसदमा दर्ता नभइन्जेल सम्मलाई पर्ख र हेरको नीति अवलम्बन गरेका थियौ’, भदौ २७ गते विद्यालय शिक्षा ऐन संसदमा दर्ता भएसँगै विरोधमा उत्रिन बाध्य भएको संघिय समितिका उपमहासचिव गिता शिवाकोटीले बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त पार्ने मनसायले शिक्षकको पेसागत भविष्य माथि कुठाराघात गर्नेगरी सीमित शैक्षिक माफियाहरुको झुण्डले यो विधेयक तयार गरेको उहाँ ले आरोप लगाउनुभयाे ।
बागमती प्रदेशका उपाध्यक्ष दिपशंकर चाैलागाईले दर्ता भएको विधेयकमा गम्भीर असहमति रहेको बताउनुभएकाेछ।प्रस्तावित विद्यालय शिक्षा ऐन सार्वजनिक शिक्षा विरोधी,बिद्यालय शिक्षक, कर्मचारी बिरोधी रहेको उहाँ ले जिकिर गर्नुभयो ।
शिक्षक नेता निरज अाचार्यले शिक्षकहरुले २०७५ साल फागुन ९ गते गरेको ३० बुदे सम्झौता, २०७८ साल फागुन ९ गते गरेको ५१ बुदे सम्झौता बिपरित सार्वजनिक शिक्षालाई ध्वस्त पार्न ल्याएको ऐनको बिरुद्धमा आफुहरु बिरोधमा उत्रिएको बताउनु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *