छाेराहरू प्रयाेग गरेर देश भ्रष्टाचार र तस्करकाे अखडा बनाएकाे पूर्व गृह मन्त्री लामिछानेको आराेप

 पब्लिक संवाददाता      शनिबार, भदौ २३, २०८०      0

दोलखा २३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश भ्रष्टाचारी र तस्करहरूकाे अखडा बनाउन नेताहरूले आफ्ना छाेराहरू प्रयाेग गरिएकाे अाराेप लगाएछन।भुटानी शरणार्थी काण्ड ,सुन काण्ड मा संलग्न तस्करी हरू बाटै भ्रष्टाचार कुन कुन पार्टीले गरिरहेकाे छ भन्ने नेपाली जनताले छर्लङ्ग भएकाे लामिछानेले दावि गरे । भ्रष्टाचारीहरूले षड्यन्त्र गरि
आफ्नो पार्टी र आफुलाई बदनाम गराउन अनावश्यक भ्रम छर्ने कोशिस गरेको उनले बताए । भ्रष्टाचारका नाईकेहरूले डलरले पार्टी चलाएको ,विदेशी दलालबाट संचालित पार्टी हने भनी अनावश्यक लाञ्छना लगाई रहेको छन,याे गलत भएको भन्दै पार्टीका सदस्यबाट प्राप्त भएको पैसाबाट पार्टी चलाएको लामिछानेले ठाेकुवा गरेकाछन । उनले भ्रमका पछाडि नलाग्न आम नागरिकलाई आग्रह गरे।

सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा आयोजित आम भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अन्य दलका सांसदको तुलनामा समुन्नत राष्ट्र निर्माणमा रास्वपाका सांसद कमजोर नरहेको धारणा राखेकाछन । पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन दोलखा अाईपुगेका लामिछानेले जिल्लाको आवश्यकता र प्राथमिताकताको अध्ययन गरेर काम गर्ने वचन दिदै झुटा आश्वासन दिने काम पार्टी कहिले नगर्ने प्रतिबध्ता जाहेर गरेकाछन । उनले कृषि र पर्यटकीय रूपमा सही मान्छेको हातमा परेमा दोलखाजिल्ला हिरा रहेको प्रतिक्रिया दिए ।

रास्वपाका जिल्ला सभापति पूर्णबहादुर तमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, संस्थापक केन्द्रिय सदस्य गणेश पराजुली, बागमती प्रदेश महामन्त्री जीता बराल, बागमती प्रदेश सदस्य उर्मिला भुर्तेल ,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई लगायतले सम्वृध मुलुक निर्माणका लागि आफ्ना विचार व्यक्त गरेकाछन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *