दाेलखा १७ भदाै
महिलाहरूको लागि हरितालिका तीज महत्त्वपूर्ण चाड हो। विष्णुसँग विवाह हुन नपरोस् भनी सङ्गीनीद्वारा हेरेर जङ्गलमा पुर्याइएको पार्वतीले महादेव पति पाउनका लागि गरेको ब्रत गरि भाद्र शुक्ल तृतीयाको दिन निराहार बसेर गरिने शिवको पूजा, भाद्र शुक्ल तृतीयाको दिन तीज हो। साेही अबसर पारि भिमेश्वर नगरपालिका ४काे वडा सरकारले ले महिला दिदिबहिनीकाे क्षमता अभिबृदी गराउनेले उदेश्यले महिला सशक्तीकरणा प्रशिक्षण एवम दर खाने कार्यक्रम भव्यता सम्पन् भएकाे छ ।
नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परा अनुसार शिव पार्वतीको उपासरा र पूजा गर्ने, मात्र नभई दुख सुख साटासाट गर्दै नृत्य प्रस्तुत गरि दरखाने कार्यक्रम गरेकाछन।
घरको काम खेतीपाती गरेर थाकेका चेलीलाई विश्राम गर्न र आफ्नो जन्मथलोमा पिता माता, दाजुभाइ, दिदी बहिनी साथी, सङ्गीनीसँग भेट भएर मीठो मीठो खाना (दर) खाएर तीजका गीत गाएर नाच्न पाउँदा उनीहरू स्वर्गीय आनन्दको अनुभूति भएकाे जिल्ला समन्वय समितिकाे सदस्य मेनुका चाैलागाईले बताउनुभयो।
कोही धनी कोही गरिब संसारमा छन् तर धनीहरूले तडकभडक देखाएर यो पर्व मान्ने प्रचलनले नहुने दिदी बहिनीलाई पीडाको बोध नहाेस भनेर स्थानीय सरकारले यस्ता कार्यक्रम राख्नुदपर्छ याे उदारहणी कार्य हाे प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले भन्नुभयो ।नेपाली महिलाका सवाल नेपालको शासन व्यवस्था परिवर्तन एवं समाज रूपान्तरणमा ठुलाेभूमिका रहे धमलाले बताउनुभयाे। २००७ सालको क्रान्तिमा महिलाको संघर्षको लक्ष्य प्रजातन्त्र प्राप्ति, महिला मुक्ति एवं महिलाले मत हाल्न पाउनुपर्छ भन्नेमा केन्द्रित थियो कार्यक्रमका अतिथि भिमेश्वर नगरपालिका का मेयर ईश्वर नारायण मानन्धरले भन्नुभयो महिलाहरूकाे संघर्ष भने पुरुषसरह राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा समान अधिकारको लडाइँ थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद माेनिका श्रेष्ठ भन्नुभयो
हरेक नीति–निर्माण तहमा अर्थपूर्ण समानुपातिक सहभागिताको सवाललाई सन्देशको रूपमा ग्रहण गरी महिलालाई आफ्ना अधिकारका लागि सक्रिय बनाउन लागि परि रहेकाे छु ।
महिला शशक्तिकरण तथा सामुहिक दर खुवाउने कार्यक्रममा समाजमा उत्कृष्ठ कार्य गर्न महिला पुरूष,मास्टर डिग्री गर्ने महिलाहरू सम्मान गरिएको छ ।
Leave a Reply