मावि स्तरीय वक्तित्वकला प्रतियोगितामा त्रिपुरा प्रथम

 पब्लिक संवाददाता      शुक्रबार, भदौ १५, २०८०      0

दाेलखा १५ भदाै।१६ औं पुस्तकालय दिवसको अवसरमा शिक्षा विकास र इकाई दोलखा र गौरीशंकर सामुदायिक पुस्तकालद्वारा मावि स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला ,अतिथिहरु पत्रकार महासंघ का अध्यक्ष दीप शंकर चौलागाई,प्रहरी इन्स्पेक्टर जीवन श्रेष्ठ ले आफ्नो मन्तव्य राख्नु भयो । कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेत ले गर्नु भएको थियो भने स्वागत शिक्षा एकाइ का निर्मल र सञ्चालन नवराज न्यौपाने ले गर्नु भएको थियो।

भिमेश्वर नगरपालिका भित्रका १४ वटा मा,.वि सहभागी भएको उक्त कार्यक्रममा त्रिपुरा पहिलो,अल्पाइन दोस्रो र मोडन नेपाल तेस्रो साथै द राईजिङ सान्त्वना भएका थिए। पहिलो, दोस्रो तेश्रो सन्त्वन पुरस्कार क्रमश ५०००,३०००,२०००,र१००० र प्रमाणपत्र प्रदान गरिएको छ।
२०७६ सालमा सरकारले नै उत्कृष्ट सामुदायिक पुस्तकालयको रूपमा सम्मान गरेको यो पुस्तकालयले अहिले पनि चर्चामा रहेकाे ।प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला बताउनुभयो ।

गौरीशंकर सामुदायिक पुस्तकालयले दोलखा जिल्लाकै शैक्षिक सामाजिक, आर्थिक, संस्कृतिक विकासमा उत्कृष्ट योग्दान पुर्‍याएको भन्दै तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्मान गरेका थिए । यो पुस्तकालय अपांगमैत्री र विपद् व्यवस्थापन न्यूनीकरणका क्षेत्रमा काम गरेको कारण नै उत्कृष्ट पुस्तकालयका रूपमा छानिएको थियो ।अध्ययन, अनुसन्धान गर्नका लागि चरिकोटमा रहेको यो पुस्तकालय विद्यार्थी तथा अन्यको रोजाइको केन्द्र बन्दै गएको छ । भीमेश्वर नगरपालिकाभित्र गौरीशंकर पुस्तकालयले ज्ञान, सीप, प्रविधि र सामुदायिक विकासका लागि अभियान नै संचालन गर्दै आएको छ । बढीभन्दा बढी पुस्तक अध्ययन गराउनलाई ग्रामीण भेगमा भएर जीविकोपार्जनसम्बन्धी तालिम एवं प्रशिक्षण दिएर टोलवस्तीका सबै नागरिकमा पुस्तकालयसम्बन्धी ज्ञान दिलाउन नगरपालिका लागिपरेको छ । २०६० सालमा स्थापना भएको पुस्तकालयले सीप सिकाइ र व्यावसायिकतातर्फ नागरिकलाई उद्यत गराएर पुस्तक अध्ययन गर्न बानी बसाल्न अभिप्रेरित गरेको पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतको दाबी छ ।

गौरीशंकर सामुदायिक पुस्तकालयले टोलवस्तीहरूमा पुगेर विभिन्न गतिविधि पनि गर्दै आएको छ । राउत गाउँ, बस्नेत टोल, तल्लो खैदाल, पाखाटोल, सहर्पा, विष्णुटोल, भिरमुनी, डाँडागाउँ, बाहुन गाउँ, खबतरी टोल, खड्का टोल, खहरे टोल, बर्षे टोल, माथिल्लो बस्नेत टोलमा सिलाइ, बुनाइ, हस्तकलाका सामग्री निर्माण, पार्लर, जुत्ता-चप्पल निर्माणका तालिमहरू संचालन गर्दै आएको छ ।
जनचेतनामूलक तालिम र कार्यक्रम संचालन गरे पनि त्यो थोरै भइरहेको सहभागीको भनाइ छ हालसम्म पुस्तकालयमा आजीवन सदस्य संख्या १९२ पुगेको छ भने पाठक सदस्यता ५२४ जना र कार्यसमिति १६ जना छन् । पुस्तकालयले सांकेतिक भाषा पनि सिकाउने गरेको छ ।

 

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *