लाैराे लगाएर ऋण उठ्दैन

प्रभुबैक चरिकोटले भन्याे साँवा रकम बुझाए हर्जना र ब्याज दुबै छुट

 पब्लिक संवाददाता      बुधबार, भदौ ६, २०८०      0

 

दाेलखा । प्रभु बैक चरिकोट शाखाले ऋणीहरूले साँवा रकम बुझाए हर्जना र ब्याज दुबै छुट गर्ने जनाएको छ ।
शाखा प्रबन्धक सुशील थापाले आर्थिक मन्दीका कारण समस्यामा परेका नागरिकलाई मानसिक पिडाबाट उन्मुक्ति दिन ऋणीहरूलाई हर्जना र ब्याज पुरै छुट गरेकाे घाेषणा गर्नुभएकाे छ ।
ऋणका कारण नागरिकमा कुनै अप्रिय घटना नहाेस भन्ने उदेश्यले राजनैतिक दलहरूकाे आग्रहमा जिल्ला प्रशासन कार्यालयले राखेको अन्तरकिया कार्यक्रममा प्रभु बैकका प्रबन्धकले साे घाेषणा गर्नुभएकाे हाे ।
दाेलखाका राजनैतिक दलहरूले नागरिककाे जीवन रक्षाका लागी याेजना बनाई जनमुखी काममा अगाडी बढाएकाछन । सरकारले आर्थिक अवस्थामा सुधार भएको कुरा जतिसुकै सुन्दर शब्दजालमा व्याख्या गरेपनि दाेलखाको अवस्था आर्थिक विकराल तर्फ अघि बढेको तथ्य सार्वजनिक गरेकाछन।
संघ र प्रदेश सरकारको विभेदकारी नीतिले दोलखाको अवस्था विकराल बनिरहेको अवस्थामा व्यवसायीक सुधार र व्यवसायीहरुको मनोवल उच्च बनाई आर्थिक सुधारको लागि संघ तथा प्रदेश सरकार र बैङ्क तथा वित्तिय संस्थाहरु लाई खबरदारी गरेका हुन।
नेपाली कांग्रेसले दाेलखाका सभापति बर्मा लामाले बैङ्क तथा वित्तिय संस्थाहरुले ब्याजदरलाई एक अङ्कमा कायम गर्नुका साथै
ऋण स्वीकृत गर्ने बेला निर्धारण भएको व्याजदर केही समय पछिनै बृद्धि गर्ने बैक तथा वित्तिय संस्थाको नीति तत्काल परिवर्तन गर्न आग्रह गर्नुभएकाे छ । सविनय आग्रहलाई कजाेर ठाने नागरिक काे रक्षाकाे लागि जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने लामाले चेतावनी दिनुभयाे ।
सम्झौताको बेला तोकिएको एक अङ्कको ब्याजदर ऋण चुक्ता नभएसम्मको लागिनै कायम राहुन पर्छ लामाले भन्नुभयाे ।
नेकपा एमाले दाेलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले उद्योगी व्यवासायीहरू बैक तथा बितिय संस्थाकाे आर्थिक दवाव र मानसिक यातनाले भयभित र आतंकित बनेकाे बताउनुभएकाे छ।श्रेष्ठले भन्नुभयो याे व्यवसायीक सङ्कटमा बैक तथा बितिय संस्थाले कर्जामा पुर्न कर्जाको सुविधा दिनुपर्छ । नियमित किस्ता बुझाउन नसकेका ऋणीहरुलाई आर्थिक दबाव तथा मानसिक यातना दिदै पत्रपत्रिकामा लिलामिको सूचना निकाल्ने काम तत्काल बन्द नगरे अान्दाेलनकाे आधिबेरी सृजना गर्ने बताउनु भएकाे छ।
संस्थाको नाममा घर- जग्गा पास गर्ने कुरा तत्काल बन्द गरी किस्ता बुझाउने समय व्यवसायीक सुधार नभएसम्मको लागि उपलब्ध गराउन श्रेष्ठले सचेत गराउनुभयाे।
यता माओवादी केन्द्र दाेलखाका अध्यक्ष कुलबहादुर बुढाथोकी (राेशन)ले लघुवित्तहरुले ऋण असुलिको नाममा गाँउ गाँउमा पुगेर साना व्यवसायीहरुको पशु चौपाया र गर- गहना समेत लिने गरेको तथ्य बाहिरीएकोले त्यस्तो अव्यवहारीक र अमानविय कार्य तत्काल बन्द गर्न चेतावनी दिनुभयो ।बैंक तथा बितिय संस्थाले व्यक्तिको घर, जग्गाहरूको मूल्याङ्कन मनलागि गरी सामन्ति प्रवृत्ति देखाउदै कृतिम् सङ्कट र आतङ्क फैलाएको आराेप नेकपा माअाेवादी केन्द्र दाेलखाका अध्यक्ष बुढाथोकीले लगाउनु भयाे ।
अव्यवहारीक चरित्रको लघुवित्तहरु तत्काल खारेज गर्न सम्बन्धित पक्ष लाई आग्रह गर्नुभएको छ।

आर्थिक मन्दीका कारण जिल्लाका बजारहरु सुनसान छन्, कृषि, साना उद्योग- व्यवसाय र व्यापार पूर्णत प्रभावित बन्दा बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता र व्याज नियमित
बुझाउन नागरिकहरूलाई समस्या परेकाे मात्र नभई दैनिक गुजारा गर्न समेत कठिन बनेकोले नेपाल राष्ट्र बैकले नै नयाँ नीति ल्याई सरल सहज हुने अबस्था ल्याउन आबश्यक रहेकाे नेकपा समाजवादी दाेलखाका अध्यक्ष भिम दहालले बताउनुभयो ।बैङ्क तथा वित्तिय संस्थाले घाउमा नुनचुक छर्कने व्यवहार देखाउदा व्यवसायीहरुको मनस्थिति झन असन्तुलित बन्दै गएको ले तत्काल यस्ताे गतिविधि नगर्न दहालले सुझाव दिनुभयाे । भिमेश्वर नगरपालिका का मेयर ईश्वर मानन्धरले बैंक तथा बितिय संस्थाले दाेलखा जिल्लाका २सय ७२ जना ऋणीहरूलाई कालाे सुचिमा राखी धिताे लिलाम गर्ने प्रकियामा रहेकाे विशेष सुत्रबाट थाहाहुन अाएकाेले तत्काल याे गतिविधि अगाडि नबढाउन अनुराेध गर्नुभएकाेछ ।यसै कारणा मानविय क्षति भए दाेलखाली नागरिकले क्षमा नदिने मेयर मानन्धरले प्रष्टपार्नुभयाे ।
केन्द्रीय स्तरमा हाेस या जिल्ला पटक पटक वार्ता संवाद गरि उद्योगी ब्यवसायीकाे पक्षमा निरन्तर काम गर्ने जिल्ला समन्वय प्रमुख बर्जुराम घतानीले प्रतिबध्दा जाहेर गर्नुभयाे ।

दाेलखा प्रमसख जिल्लामा अधिकारी काेमल प्रसाद धमलाले बैकका प्रबनधकहरूलाई अन्तक्रिर्यामा उठेका सवालहरू तत्काल आफ्नाे केन्द्रमा लेखी पठाउने र अाफुले गर्नसक्ने काम भाेली बाटै सुरू गर्न निर्देशन दिनुभयाे ।
प्रभु बैक चरिकोटका प्रबन्धक सुशील थापा,नविल बैक चरिकोटका प्रबन्धक रवीन्द्र कुमार केसी ,नेपाल बैंक चरिकाेटका नारायण केसी,राष्ट्रिय बाणिज्य बैकका प्रबन्धक उपेन्द्र परियार ,मेघा बैकका प्रबन्धक कपिल भण्डारी ,कुमारी बैकका प्रबन्धक सुरेन्द्र केसीले अाफ्नाे तहबाट गर्न सक्ने काम गर्ने र यहाँ उठेका सवालहरू केन्द्रमा लेखी पठाउने माैखिक प्रतिबध्ता जाहेर गरेका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई,दाेलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेती ,प्रथम उपाध्यक्ष दिनेश पाठक,दाेलखा उद्योग व्यवसाय संघका अध्यक्ष शिवजी राउत,प्रेस चाैतारी नेपाल दाेलखाका अध्यक्ष प्रभु जिरेल,सुरक्षा प्रमुखहरूलगायतकाे उपस्थिति रहेकाे थियाे

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *