दोलखाको गौरीशंकर गाउँपालिका वडा नमवर ७ र८ का पहिरो पिडित परिवारलाई वैदेशिक रोजगारमा रहनु भएका दोलखालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ। दोलखा समाज जापानबाट प्राप्त भएको १ लाख ३५ हजार रुपैयाँ र दोलखाली समाज युएईबाट प्राप्त भएको ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।
संकलन भएको १ लाख ८५ रुपैयाँ हजार रुपैयाँ गौरीशंकर गाउपालिकाका अध्यक्ष विश्वास कार्की मार्फत पिडीत परिवारलाई प्रदान गरिएकोछ ।बागमती प्रदेशका सांसद भरत बहादुर केसीकाे हातबाट पालिका अध्यक्ष कार्कीलाई चेक हस्तान्तरण गरिएकाे थियोे।
दोलखाली समाज युएईका संस्थापक उपाध्यक्ष पुस्कर अधिकारीकाे पहलमा पिडामा परेका दाेलखाली नागरिकको चराई रहेकाे घाउमा विभिन्न समयमा मलहम लगाउने कनम भईरहेकाे छ ।
रकम हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका सांसदहरु भरत बहादुर केसी र मोनिका श्रेष्ठ,जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी,नेपाल प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के,पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशकर चौलागाईं,पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जीवन लामा लगाएतको सहभागीता रहेको थियो ।
स्मरण रहाेस,दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्वर ७ र ८ मा गत साउन १८ गते गएको पहिरोमा परि ३४ परिवार विस्थापित भएका थिए ।
Leave a Reply