एक सय तीन प्रतिशत बिद्युत महसुल उठाउन सफल भयाे विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र

 पब्लिक संवाददाता      शनिबार, भदौ २, २०८०      0

iनेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र यस अार्थिक बर्षामा १०३ प्रतिशतले बिद्युत महसुुस उठाउन सफल भएकाे छ । वार्षिकोत्सवको अवसर केन्द्र प्रमुख मेघनाथ ढकालले बिगतका बर्षहररूकाे बक्यौता रकम समेत उठाउएर १०३ प्रतिशतले बिद्युत महसुुस उठाउन सफल प्रष्ट पार्नु भएकाे छ ।बार्षिकाेत्सव अबसरमा उत्कृष्ट ग्राहकलाई सम्मान गरिएको थियोे । स्थानीय समाजसेवि ,कर्मचारीहरूलाई हाैसला प्रदान गर्ने उदेश्यले विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले विभिन्न विधामा चार जनालाई सम्मान गरिएको हो ।
विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले गैह्रग्राहस्थतर्फ होटल एम्ब्रोसियाका सञ्चालक दिनेश बस्नेत, नियमित  महसुल तिर्ने ग्राहकमा रिता बुढाथोकी, औद्योगिकतर्फ दिव्य प्लाई उद्योग र व्यापारिकतर्फ कालिञ्चोक दर्शन लिमिटेडलाई सम्मान गरिएको छ । त्यस्तै वार्षिकोत्सवकै अवसरमा कार्यसम्पादनमा उत्कृष्ट कार्य गरेबापत कर्मचारीहरु निर बहादुर जिरेल, राम प्रसाद सेढाई, तिलक बहादुर माखिम, सुदिप आचार्य र नारायण थापा क्षेत्रीलाई पुरस्कृत गरिएको दोलखा वितरण केन्द्रका केन्द्र प्रमुख ढकालले जानकारी दिनुभयो ।
वार्षिकोत्सव विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका केन्द्र प्रमुख मेघनाथ ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई, उद्यमी दिनेश बस्नेत, पत्रकार गोकर्ण प्रसाद भण्डारी, जीवन लामा, प्रशासन प्रमुख अभिषेक घिमिरे र प्राविधिक प्रमुख सुदिप आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वार्षिकउत्सवको अवसरमा विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले खुला रक्तदान कार्यक्रम, व्याडमिन्टन र हाडी फुटाउने खेल समेत आयोजना गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *