आन्दोलनमा शिक्षक

 पब्लिक संवाददाता      सोमवार, साउन २९, २०८०      0

दीपशंकर चाैलागाई

दाेलखा २९ साउन ।विभिन्न पेशागत र नीतिगत मागसहित आन्दोलनरत शिक्षकहरूले आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ भिमेश्वर नगरपालिकाको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन पालिका कार्यालयकाे प्राङगणामा प्रर्दशन गरेका छन।नेपाली शिक्षक संघ केन्द्रीय उपमहासचिव गिता शिवाकोटीले विगतमा सरकारसँग शिक्षक महासंघले पटकपटक सम्झौता गरेका ३० बुँदे , ५१बुँदे समझदारी समेत संघीय शिक्षा ऐन नल्याएकाे बिराेध गर्नुभएकाे छ।

शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै शिक्षकका लागि अस्पतालको व्यवस्था गरिनुपर्ने, राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवा/बढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका माग राखेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भिमेश्वरका अध्यक्ष राजन कार्कीले
सम्बन्धित निकायले आफूहरूको मागलाई बेवास्ता गरे यहाँ मात्र नभईद बालुवाटारस्थित प्रधानमन्त्री निवासमा समेत घेराउ गर्ने बताउनुभयो ।

ऐनमा सामुदायिक विद्यालय लेखिनुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्ने र अभिभावक भेला मार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध गर्नु पर्ने, जनप्रतिनिधि र प्रधानाध्यापक जस्तै व्यवस्थापन समितको अवधि पाँच बर्ष कायम गर्न पर्ने,जस्ता माग शिक्षककाे रहेकाे नेपाल शिक्षक संघ बागमती प्रदेशका उपध्याक्ष दिपशंकर चाैलागाईले बताउनुभयो ” खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था हुनु पर्दछ।” चाैलागाई भन्नुहुन्छ नेपाल शिक्षक महासंघको भूमिकालाई संघीय शिक्षा ऐनमा नै उल्लेख गर्न अावश्यकछ।
अाज दाेलखामा नाै वटै पालिकामा महासंघ काे नेतृत्वले ज्ञापनपत्र बुझाएको छ ।भिश्वर नगरपालिका मा प्रमुख प्रशासकिय अधिकृतले दिपक खतिवडाले ज्ञापनपत्र बझ्नु भएकाे छ ।उहाँले सम्बन्धित निकायमा पठाउने बताउनुभएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *