दाेलखा २२ साउन।
दोलखाको कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ को कुविन्डेमा तोकिएको छ ।फेसबुक लाईभ गर्दै १२ अाै गाउँसभामा स्थायी केन्द्र कुविन्डेमा ताेकेकाे हाे ।
नेपाल पत्रकार महासंघ दाेलखा दुवारा कालिञ्चाेक गाउँपालिकामा अायाेजित सार्वजनिक सुनाई कार्यक्रममा गाउँ पालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले साउन महिना भित्र पालिकाकाे स्थायी केन्द्र ताेक्ने घाेषणा गर्नु भएकाे थियाे।
असार २५ मा केन्द्र ताेक्ने घाेषणाकाे पूरा भएकाे छ, पालिका अध्यक्ष शिवाकोटी भन्नू हुन्छ केन्द्र स्थापनामा अबरोध सृजना गर्नेहरूलाई जनतले प्रत्यक्ष चिनुन भनेर फेसबुक लाईभ कार्यक्रम गरेकाे हु।
पालिका केन्द्र, जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाभित्र टुंगो लगाए बहुमतले र ६ महिनापछि टुंगो लगाए दुई तिहाईको बहुमतले तोक्नुपर्ने कानुनी व्यवस्था छ । कालिञ्चोक गाउँपालिकाको यसअघि बसेका गाउँसभामा स्थायी केन्द्रको विषयमा सामान्य छलफल भएपनि बहुमत नपुगेपछि टुंगो लाग्न सकेको थिएन।
गाउँपालिकाको केन्द्र कुविन्डेमा राख्ने पक्षमा ३२, विपक्षमा ९ मत परेकाे थियाे । ६ मत अभिव्यक्त भएको थिएनन् कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले भन्नुभयो ।
अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधि अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठकले पनि गाउँपालिकाको केन्द्र टुंगो नलगाई ५ वर्ष गुजारेका थिए ।
Leave a Reply