नेपाली कांग्रेसले घाइतेकाे उपचारका लागि  ९३ हजार ७० रूपैया सहयोग गर्याे

 पब्लिक संवाददाता      सोमवार, साउन २२, २०८०      0

दीपशंकर चाैलागाई

दाेलखा २२ साउन ।नेपाली कांग्रेसले गौरीशंकर गाउँपालिका ७, मार्बु टोपाटारको पहिरोबाट घाइतेलाई उपचारका लागि  ९३ हजार ७० रूपैया सहयोग हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेस दोलखा र काठमाडौं सम्पर्क समितिको अगुवाइमा पहिरोबाट घाइते तीन जनालाई उपचार ब्यवस्थापनमा सहजीकरण गर्न सहयोग संकलन गरी हस्तान्तरण गरेकाछन ।

पहिरोबाट घाइते भएका सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारत विरामीलाई दुई दिनसम्म उपचार गर्न लागेको  ९३ हजार ७० रुपैया नगद नेपाली कांग्रेसद्धारा एक लाख २३ हजार  बिरामीका छाेरालाई हस्तान्तरण गरेको जिल्ला सभापति बर्मा लामाले बताउनु भयो ।

सिनामंगलमा उपचारत विरामीलाई डिस्चार्ज गरी यज्ञबहादुर थामी र उनकी श्रीमति धनकुमारी थामीलाई राष्ट्रिय ट्रमा सेन्टर र बुहारी सरिता थामीलाई महाराजगन्जस्थित टिचिङ्ग हस्पिटलमा भर्ना गरिएको सभापति लामाले जानकारी दिनुभयाे।

गत बिहीबार परेको अविरल वर्षाको कारणले पहिरोले बस्ती बगाउदा ३ जना घाइते भएका थिए । सो पहिरोबाट बेपत्ता भएका चार मध्ये बालक र एक जना महिलाको शव भेटिएको छ । ब पहिरोले आधा दर्जन घरपरिवार बिस्थापित भैइ ठुलो धनजनको क्षति भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *