जबरजस्ती करणी मुद्दाका दुई अभियुक्त एक बर्ष देखि फरार,पक्राउ गर्ने कसले?
दाेलखा २१ साउन । जिल्ला अदालत दाेलखाले जबर्जस्ती करणीमा दाेषि ठहर गरि गरेकाे फैसलाका अभियुक्तहरूलाई एक बर्ष सम्म प्रहरीले पक्राउ गर्न सकेकाे छैन।
दाेलखा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार करणी मुद्दाहरूमा फरार रहेका २ जना प्रतिवादी अहिले पनि खुलेयाम हिडेपनि प्रहरीले हाल सम्म पक्राउ नगरेकाे पिडित पक्षले गुनासो गरेकाछन ।
फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दामा अभियुक्त पक्राउ गर्न किन आलटाल गर्छ जिरी नगरपालिका एक पिडितले भने ।
यता जिल्ला प्रहरी कार्यालय दाेलखाका प्रहरी नायव निरिक्षक दिनेश शाह भन्छन`कैद फैसला सुनाएका फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतको आदेश अनुसार कैद भुक्तानका लागि दाेषीलाई खाेजिरहेका छाै ,छिटै नि पक्राउ पर्नेछन ।´
आ व २०७९/८० मा दाेलखा जिल्ला २५ जर्बजस्ती करणीका,५ जबर्जस्ती करणी उद्योगमा गरि जम्मा ३० वटा मुद्दा फैसला भएकाेमा जर्बजस्ती करणीका दुई अभियुक्तलाई पक्राउ गर्न नसकेको प्रशनि शाहले स्विकारे ।
पिडितलाई अदालतले न्याय दिलाउन तत्काल फैसला गरेपनि प्रहरीले पक्राउ नर्दा प्रतिवादीले उन्मुक्ति पाए पिडित पक्षलाई पर्न जानु स्वाभाविक नै हाे नागरिक समाज दाेलखाका अगुवा एसबि कार्की भन्छन समाजमा बिकृती बिसंगती फैलाउदै दुर्गन्धित बनाउने अभियुक्तलाई छिटोभन्दा छिटो पकाउ गरि कानुनी सजाय दिनुपर्छ।यसकाे लागि नेपाल प्रहरी बढि जिम्मेवार हुन जरुरी छ ।
Leave a Reply