मानविय सम्वेदनालाई मुल आदर्श बनाउदै अघि बढ्यो भिमेश्वर नगरपालिका

३ दिने सुत्केरी सावित्रीलाई खाध्यान र नगद सहयोग गर्दै मेयर मानन्धर

 पब्लिक संवाददाता      शनिबार, साउन २०, २०८०      0

३ दिने सुत्केरी सावित्रीलाई  खाध्यान र नगद सहयोग गर्दै मेयर मानन्धर
दीपशंकर चौलागाई
दोलखा २० साउन । मानविय सम्वेदनालाई मुल मर्म बनाउदै भिमेश्वर नगरपालिकामा नगर प्रमुखको पदमा निर्वाचन जित्न सफल ईश्वरनारायण मानन्धर अहिले पनि यसकार्यलाई निरन्तरता दिंदै हिडेकाछन ।


श्रीमानको भरमा जेनतेन गुजारा गरि रहेको भीमेश्वर नगरपालिका १ का भरत थामीको परिवारको बिचल्ली भए पछि मानविय सम्वेदनालाइ आत्मसाथ गरि सहयोग गर्न उनी पुगेकाछन । यो उनको परोपकार कार्य हो । ५ जनाको परिबार थामीले मजदुरी गरेर ल्याएको ज्यालाले बाँचि रहेको थियो “केही महिना अघि मात्र थामी १५ बर्षको लागी जेल परेपछि उनको श्रीमती, १० बर्षकी छोरी ,५ बर्षको छोरो र अर्का ३ दिन अघि मात्र जन्मेको छोरा अबस्था गम्भिर बनेको पछि सहयोग गर्न आएको हुँ ।” मेयर मानन्धरले भन्नुभयो ।


छोरा छोरी मात्र नभई तिन दिनकी सुत्केरीलाई बचाउनु हाम्रो कर्तव्य हो, दिनदुखीको उद्वार गर्ने जिम्मेवारी पनि हाम्रो हो मानन्धर भन्नुहुन्छ “आज २० हजार बराबरको खाध्यान र नगद प्रदान गरेकाछौ ।” यस अधि पनि भिमेश्वर नगरपालिकाले नगद १० हजार समेत थामीको परिवारलाई सहयोग गरेको थियो ।


सुत्केरी अबस्थामा रहेकी ३२ बर्षिय सावित्री थामीको परिवारको उद्वारको लागी आफ्नो गक्ष्य अनुसार छिमेकीहरुले समेत सहयोग गरिरहेको छन । ईमान्दार ,भद्र, सालिन जातिका रुपमा परिचित सुस्पाक्षमावतीका थामी जातिहरु आर्थिक तथा शैक्षिकरुपमा पछि परेकाछन । उनको परिवारको जिबन रक्षाको लागी सहयोग गरि दिन भिमेश्वर नगरपालिका १ का वडा अध्यक्ष माधव थामीले सहयोगी मनहरु अपिल गर्नु भएकोछ ।


भीमेश्वर नगरपालिकाले समृद्धिको आगमनका लागि आर्थिक उपार्जन गर्न उत्प्ररित गर्नु पर्ने र खाडी नधाई यही केही गर्न सकिन्छ भन्ने सन्देश दिनेगरी मानन्धरले तत्काल काम सूरु गर्नु पर्दछ । यो समयको आजको आवश्यकता हो । नगरपाीलकाले यसलाई कार्य योजना बनाई बढी भन्दा बढी अघि सार्नु पर्ने देखिन्छ । अनि मात्र नगरको दूरदृष्टि, ुजैविक कृषि, पर्यटन र दिगो पूर्वाधार, शिक्षा, स्वास्थ्य र संस्कृतिले समृद्ध भीमेश्वर बन्ने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *