चार मध्ये दुई जनाको शव फेला,गाउँपालिका अध्यक्षको पहलमा हेलिकोप्टर मार्फत घाईतेको उद्धार

 पब्लिक संवाददाता      शुक्रबार, साउन १९, २०८०      0

दोलखा १९ साउन । दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ ।

आज बिहानै गौरीशंकर गाउँपालिका–७ का टोपवहादुर थामीका १५ महिने बालक प्रिन्स थामीलाई घर नजिकै दबदबे हिलोमा मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले बताउनुभयो । दिउँसो घटनास्थल नजिकै पहिरोमा पुरिएर बेपत्ता भएकी स्थानीय ५० बर्षिया देवीमाया मगरको शव फेला परेको पनि दोलखाका प्रहरी प्रमुख, डिएसपी खड्काले जानकारी दिनुभयो ।
पहिरोले टोपाटारका ५ घरमा क्षेति पुर्याउनुको साथै एक बालकसहित चार जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय ४९ बर्षिय हरिलाल श्रेष्ठ र ६० बर्षिय कृष्णवहादुर मगरलाई अझै फेला पार्न सकिएको छैन । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहितको सुरक्षा फौज र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेका छन् ।पहिरोमा परी ४० बर्षका यज्ञवहादुर थामी, उनकी ३९ बर्षिया श्रीमती धनमाया थामी र २२ बर्षिया बुहारी सिता थामी घाइते भएका छन्
गम्भीर घाईते यज्ञवहादुर र धनमायालाई हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारकालागि काठमाडौं लगिएको छ । उनीहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ । घाईते सिता थामीको सिंगटी अस्पतालमा उपचार भईरहेको छ । पहिरो खस्दा टोपाटारका ५ वटा घर परिएका हुन् । पहिरोका कारण आधा दर्जन बढी घरपरिवार बिस्थापित भएका छन् । ईश्वर काफ्लेले  क्याप्टेन बाट पठाएकाे उध्दारकाे तस्बिर 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *