पैसा अभावले उपचार नपाएर कुनै नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था रहनुहुन्न : मन्त्री बस्नेत

 पब्लिक संवाददाता      बिहिबार, साउन १८, २०८०      0

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन्।

दोश्रो आधारभूत जिवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आफुले मन्त्रालयमा काम सुरु गरेपछि धेरै सुधारका काम भएको भन्दै पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघिय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको जानकारी दिदै निजी अस्पतालहरुले पनि १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रवधानलाई कडाईका साथ लागु गराएको बताए।

उनले दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्षभित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताए। उनले सानोतिनो रोगको उपचारका लागि भिआईभी र भिभिआईपीहरु विदेश जाने र करोडौ राज्यकोषको खर्च हुने गरेको भन्दै भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टीम बनाइदिएको धारणा राखे।

धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको  ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए।

काभ्रे, साउन १५ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन्।

दोश्रो आधारभूत जिवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आफुले मन्त्रालयमा काम सुरु गरेपछि धेरै सुधारका काम भएको भन्दै पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघिय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको जानकारी दिदै निजी अस्पतालहरुले पनि १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रवधानलाई कडाईका साथ लागु गराएको बताए।

उनले दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्षभित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताए। उनले सानोतिनो रोगको उपचारका लागि भिआईभी र भिभिआईपीहरु विदेश जाने र करोडौ राज्यकोषको खर्च हुने गरेको भन्दै भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टीम बनाइदिएको धारणा राखे।

धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको  ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए।  ;fef/ ul/Psf] xf]

mantriii1690798257.jpg

कार्यक्रममा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक एवं काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. रामकण्ठ मकाजूले नेपालीले चाह्यो भने नहुने कुरा केही पनि नभएको बताए।

आफूहरुले २६ वर्ष पहिले धुलिखेलमा गुणस्तरीय उपचार दिने अस्पताल स्थापना गर्ने सपना पूरा भएको बताउदै त्यसका लागि लगाव भने हुनुपर्नेमा उनले जोड दिए। बस्नेतलाई आफूले कुराभन्दा काम गर्ने स्वास्थ्य मन्त्रीका रुपमा पाएको स्मरण गर्दे आत्मादेखि नै जनताको पक्षमा गरेका कामले सधै सफलता पाइने बताए।

कार्यक्रममा एनेस्थिेसिया विभाग प्रमुख डा. संगीना रंजितले आधारभूत जिवन रक्षाको सिप स्वास्थ्यकर्मीका लागि मात्र नभएर सबैका लागि आवश्यक भएको बताइन। अस्पतालका मुटुरोग विज्ञ डा. राजेन्द्र कोजूले चिकित्सा विज्ञानमा कहिलेकाही उपकरणले पनि काम नगर्ने अवस्था आउने बताउदै आधारभूत जिवन रक्षाको ज्ञानले धेरैको ज्यान बचाउन सकिने जानकारी दिए।

काठमाडौं विश्वविद्यालय मेडिकल कलेजका डीन डा. मनोज हुमागाईले यो सिप लिएर वर्षमा एक जनाले एक व्यक्तिको ज्यान बचाउन सकेमात्रै पनि ठूलो उपलब्धी हुनेमा जोड दिए। कार्यक्रममा अर्थोपेडिक सर्जन डा. रोहित श्रेष्ठ, डा. आभा श्रेष्ठ सहित राष्टिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. अनुज भट्टचनलगायतले बेसिक लाइफ सपोर्ट कार्यक्रमको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका थिए।

sf7df08f} k|];af6 ;fef/ ul/Psf] xf]

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *