दोलखा रेडक्रसमा विवाद , सभापतिले मनोमानी निर्णय गरेको भन्दै बहुमत कार्यसमितिले सभापतिलाई बर्खास्त गर्न केन्द्रमा सिफारिस
दोलखा १३ साउन
नेपाल रेडक्रस साेसाईटी दाेलखाका सभापति ईश्वरी प्रसाद दहालले संस्थाको हित विपरीत निर्णय गरेको र मनोमानी गरेको भन्दै बहुमत कार्यसमितिको बैठकले सभापति दाहाललाई बर्खास्त गर्न केन्द्रमा सिफारिस गरेको छ ।
शनिबार रेडक्रस कार्यालय दोलखा बजारमा बसेको कार्यसमिति बैठकले सभापति दाहालले रेडक्रसमा कार्यसमिति तथा अन्य सरोकारवाला सँग परामर्श नगरि आफुखुसी मनोमानी ढंगले विधानविपरित काम गरेको भन्दै अध्यक्ष दाहालकै उपस्थितिमा बहुमत कार्यसमितिले बर्खास्त गर्न केन्द्रमा सिफारिस गरेको हो । सभापति दाहालले कार्यसमितिको बैठक विना प्रतिनिधि समेत नरहेका आफ्नो दलसम्बद्द कार्यकर्ताहरुलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाएको ,आफू बहालवाला सभापति हुदाहुदै केन्द्रीय अधिबेशनका विरुद्ध उच्च अदालतमा उजुरि गरेको लगाएत दर्जनौं काम विधानविपरित गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिमा सभापति दाहाललाई साधारण सदस्य समेत नरहने गरि बर्खास्त गर्न माग गरिएको छ ।
शनिवार आयोजित बैठकको अध्यक्षता गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका उपसभापति बाबुकाजी बस्नेतले जिल्ला सभाको सतप्रतिशत बहुमतले बनेको कार्यसमितिका सभापतिले विधानविपरित दर्जनौं काम गरेको र पछिल्लो समय महाधिवेशन प्रतिनिधि छनोट जस्तो गम्भीर विषयमा यति घृणित मनोपरि गर्नुभो , आफ्ना कार्यकर्तालाई कार्यसमिति छलेर प्रतिनिधि बनाउने मात्रै होइन केन्द्रीय अधिबेशन विरुद्ध उच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट हाल्नुभो । त्यसमा पनि आजिवन सदस्यको पहिचानमा रिट दायर गर्नुभो , उहाँ त जिल्ला सभापति हो मुद्दा हाल्दा घटुवा हुनुपर्ने हो ? प्रश्न गर्दै बस्नेतले भने हदैसम्म सह्यौं तर अति भएपछि नेपाल रेडक्रसको विधानको धारा ६० को उपधारा २ अनुसार निजको साधारण सदस्य समेत नरहने बर्खास्ती गर्न कार्बाहीको सिफारिस गरेका छौं । विधानअनुसार उहाँ नैतिक रुपमा अब कुनै पनि पदिय भुमिकामा बस्न सुहाउँदैन ।
नेपाल रेडक्रस साेसाईटी दाेलखा शाखा कार्यसमितिकाे महिला उपाध्यक्ष रिता रिमाल भन्छिन् सभापति दहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रेडक्रसकाे बदनाम गर्नुभएको छ।जिल्लाकाे बैठकबाट सर्वसम्वतरूपमा केन्द्रीय प्रतिनिधि चयन भएकाेमा त्यसलाई लत्याई उल्टै केन्द्रीय अधिबेशन विरुद्ध उच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट हाल्नुभयाे यसले शाखाकाे मात्र नभई समग्र रेडक्रसकर्मी प्रतिष्ठामा अाँच अाएकाेले बर्खास्ती गर्न कार्बाहीको सिफारिस गरेका छौं ।
यता रेडक्रस दोलखाका सभापति ईश्वरी प्रसाद दाहालले आफुमाथी भएको सिफारिस विधान अनुसार नभएको जिकिर गरे । उनले भने शनिबार को बैठक मेरै अध्यक्ष्ातामा डाकिएको हो ´ तर बैठकमा म माथीनै अविस्वासको प्रस्ताव ल्याउन खोजेपछि मैले लिखितरुपमा पुस्तिकामा विना निर्णय वैठक अन्त्य भएको प्रमाणित गर्दै म बाहिरियको हुँ । त्यसपछि उहाहरुले के गर्नुभयो मलाई जानकारी छैन ।
Leave a Reply