दाेलखा १२ साउन ।ज्यादै नै कमजोर र अपर्याप्त भौतिक पुर्वाधारबाट समाजमा आफ्नो सेवा प्रभा गरिरहेकोमा स्थानिय स्तरमा व्यवस्थित एंव आत्मनिर्भर भौतिक संरचना मार्फत जनस्तरमा समर्पित सेवा दिने उदेश्यले बागमती प्रदेशामा ४६ वटा चाैकीका भवन निर्माण संगै दाेलखाकाे किराँतीछाप चाैकी २,३२,०९,५३४ / ३९ रूपैयाकाे लगानीमा बनेकाे छ ।
करिब ७९हजार जनशक्ति रहेको नेपाल प्रहरी, जस्को समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने तथा अपराध अनुसन्धान र रोकथाम गर्ने जस्तो अति संवेदनशिल जिम्वेवारी रहेको बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री धुर्व गैडाले बताउनुभयो ।
आर आर बिल्डर्स प्रा.लि भिमेश्वर ०३, सिल्ड कोटेशनको पनि आर.आर. बिल्डर्स प्रा.ली.र खानी छायास्वरी जे.भी. बानेश्वर १० काष्ठमाण्डौ र जिल्ला प्रहरी कार्यालय दोलखा बीच निर्माण सम्झौता भएको थियोे ।
प्रहरी चौकी किराँतीछाप, RCC फ्रेम स्ट्रक्चर अवधारणामा कार्यालय/ब्यारेक भवन, भान्छाघर, शौचालय, गोलघर र कम्पाउण्ड वालको ३४३९.६५ वर्ग फिटमा निर्माण सम्पन्न गरीएको दाेलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिनुभयाे ।
भवन निर्माण भयाे हाउस बन्याे यसलाई हाेममा रूपान्तरण गर्नु पर्छ।प्रेमपूर्ण भवन लाई हाेम भनिन्छ ।डराउने डराउने छन, भर पर्ने हरू भर पर्ने छन ,राष्ट्र सेवकहरू नागरिक मैत्री भएर काम गर्नु पर्छ दाेलखा का प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमला भन्नुभयो ।
o
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको प्राविधिक सहायता समुहको तर्फबाट प्रहरी चौकी किराँतीछाप दोलखाको कार्यालय/ब्यारेक, भन्छाघर र शौचालय भवनको निर्माण भएकाे हाे ।
पर्याप्त हावा र प्रकाश पुग्ने गरी Design Planning गरिएको नवनिर्मित भवनहरुले नेपाल सरकारले लागू गरेको भवन आचार संगितालाई पालना गर्दै भुकम्पिय जोखिमलाई समेत न्युनिकरण हुने गरि Design तथा निर्माण गरिएको याे भवन उत्कृष्ट भएकाे भिमेश्वर नगरपालिका का उप प्रमुख कमला बस्नेत बताउनुभयो ।
प्रहरी चौकी किराँतीछाप दोलखाको नव-निर्मित भवनहरुको समुद्घाटन समारोहका प्रमुख अतिथी बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री धुर्व गैडा,भीमेश्वर नगरपालिका का उप-प्रमुख कमला बस्नेत,दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीकाेमल प्रसाद धमला, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष दीपशंकर चाैलागाई,जिल्ला स्थित सुरक्षा निकायका एवं विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, बिभिन्न राजनैतिक दल प्रतिनिधि, किराँतीछापवासी नागरिकको उपस्थित रहेकाे थियोे ।
बागमती प्रदेश सरकारकाे आन्तरिक मामिला तथा कानून मन्त्रालय साथै यस भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुराउने महानुभावहरु, निर्माण व्यावसायी मित्र, आफ्नो पसिना सिन्चित गर्ने श्रमिकहरु प्रति हार्दिक कृतज्ञता दाेलखाका प्रहरी प्रमुख डिएसपी खड्काले व्यक्त गर्नुभएकाे छ।
कार्यक्रममा जग्गा दाता,निर्माण व्यवासायिक,अहाेरात्र खट्ने प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएकाे छ ।
Leave a Reply